एनआईसी एसिया बैंकका कर्मचारीमा आतंक, एकै पटक ११ सय कर्मचारी निकाल्दै

४ बर्ष अगाडि

एनआईसी एसीया बैंककका कर्मचारीले बैंकले आफूहरुमाथी आतंक सिर्जना गरेको गुनासो गरेका छन् ।

लामो समयदेखि काम गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट निकाल्ने, बेजिल्ला सरुवा गर्ने र त्रास देखाउने गरेको कर्मचारीहरुले गुनासो गरेका हुन् ।

एनआईसी एसियाले कर्मचारी कटौती गर्ने तयारी गरेकोले त्यसकै लागि मनोबैंज्ञानिक सिर्जना गरेको उनीहरुको गुनासो छ ।

१ हजार १ सय जना कर्मचारी कटौती गर्न लागेको बैंक उच्च स्रोतले स्विकार गरेको छ । त्यसका लागि पनि बाहना बनाउन सरुवा आतंक सिर्जना गरेको स्रोतको दावी छ ।

‘काम गरिरहेका कर्मचारीलाई विनाकारण निकाल्न नमिल्ने भएकोले निकाल्नुपर्ने कारण चाहियो, त्यसैले दुर्गम र अपायक पर्ने शाखामा सरुवा गरिएको छ’, स्रोतले भन्यो ।

कर्मचारी निकाल्नका लागि बैंकले कतिपय कर्मचारीले अपायक पर्ने गरी सरुवा गरेको छ ।

निकाल्ने लिष्टमा राखेका कर्मचारीलाई दार्चुला, ताप्लेजुङ लगायतका टाढाका जिल्लामा सरुवा गरेको स्रोतले बतायो ।

गर्भवतीलाई समेत अपायक सरुवा बैंकले गर्भवती महिला कर्मचारीलाई समेत अपायक सरुवा गरेको छ ।

टाढा जानुपर्ने भएकोले गर्भवतीले जागिर छाड्ने निश्चित भएको भन्दै अपायक सरुवा गर्ने गरेपछि महिला कर्मचारीहरुले प्रशासन समक्ष गुनासो समेत गरेका छन् ।

‘लामो समयदेखि सेवा गरियो तर संविधानले दिएको प्रजजन अधिकार सुनिश्चत गर्नुपर्ने बेला हामीमाथी आतंक सिर्जना गरेर निकाल्ने वातावरण बनाइएको छ’, नाम नबताउने शर्तमा एक महिला कर्मचारीले भनिन् ‘गर्भवती अवस्थामा दार्चुला र ताप्लेजुङ्ग पु¥याएपछि हामी कसरी काम गर्न सक्छौँ रु’

बैंकले गर्भवतीलाई नै निकाल्ने नियतले गरेको हर्कत नरोकेमा आफूहरु कानूनी उपचारको लागि अदालत जाने उनीहरुको चेतावनी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया