प्रधानमन्त्रीको चीन भ्रमणमा करेक्सन होला चिनियाँ ठेकेदारको बदमासी ?

५ बर्ष अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जान लागेका छन् । उनले भ्रमणका क्रममा विभिन्न् एजेण्डा तयार भएको पनि बताएका छन् । भौतिक पूर्वाधारको विकास, रेलमार्ग, सडक मार्ग , हवाई तथा नागरिक उड्डयनको क्षेत्रमा भ्रमणको क्रममा महत्वपूर्ण छलफल गर्ने र सम्झौताको समेत तयारी गरिएको बताइएको छ ।

तर नेपालको इतिहासमा हेर्ने हो भने चिनियाँ निर्माण व्इवसायीले नेपालमा लो बिडिङ गर्नृे र काम नगर्ने प्रवृत्ति हावी भएको छ । विशेष गरी चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशुली थ्री ए, ढल्केवबर सवस्टेशन तथा अन्य विभिन्न् परियोजना समेत चिनियाँ ठेकेदारको बदमासीका कारण प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

काठमाडौँ चक्रपथ विस्तार आयोजना अन्तर्गत रहेको कोटेश्वर– कलंकी सडक खण्ड समेत चिनियाँ ठेकेदारले विविभन्न बाहना बनाएर दूर्य वर्षमा सकिनुपर्ने कामलार्य पाँच वर्ष लगाएका छन् ।

चिनियाँ ठेकेदार सिजिजिसिले ९० प्रतिशत निर्माण कार्य गरेर अनेकन बाहाना निकालेपछि ढल्केबर सवस्टेशनको काम अगाडि बढ्न सकेन । सो आयोजना गत मंसिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर ठेकेदारकै कारण सो आयोजनाको लागत र समय समेत बढ्न जाँदा समस्या परेको छ ।

चमेलिया जलविद्युत् आयोजनाको ठेकेदार गेजुवाले समयमा काम नर्गदा आयोजना १२ वर्ष लाग्यो सकिन मात्रै । आयोजनाको लागत बढेर प्रतिमेगावाट रु ५६ करोड समेत पुग्यो । त्यसमा नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीलाई चिनियाँ ठेकेदारले प्रभावमा पारेर लागत बढाएका मात्रै थिएनन् , परियोजना असाध्यै महंगो बनाउन समेत लागिपरेका थिए ।

माथिल्लो त्रिशुली थ्री एको क्षमता बढाउने विषयमा समेत चिनियाँ ठेकेदारको राम्रै चलेखल भएको थियो । कारण जे जस्तो सुकै भएपनि आयोजनाको लागत र समय बढ्न गएको छ । आयोजना ६० मेगावाट बाट ९० मेगावाट बनाउने, कसरी बनाउने र किन बनाउने भन्दै ठेकेदारले ठूलै चलखेल मात्रै गरेनन् आयोजनाको लागत समेत बढाउनुपर्ने अवस्थाम ापुर्याईदिए । अझै पनि सो आयोजना आगामी एक वर्षभित्र सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

यस्तै भरतपुर– बर्दघाट प्रसारण लाइन निर्माणमा समेत चिनियाँ ठेकेदारले काम नगरि अलपत्र पारेको छ । सो आयोजना हाल करिब करिब अलपत्र अवस्थामा रहेको छ । आयोजनाको काम अलपत्र पर्नुमा प्राधिकरण भन्दा पनि ठेकेदारको बदमासी नै प्रमुख देखिएको छ ।

यस्तै प्राधिकरणका लागि भालूको कम्पट बनेको कुलेखानी तेस्रो आयोजनाको लागत समेत बढेर पाँच अर्ब पुगेको छ । १४ मेगावाट क्षमताको सो परियोजना चीनको झियालिङ कम्पनीले निर्माणको जिम्मा लिएको हो । तर विगत सात वर्षदेखि आयोजना अगाडि पनि नबढ्ने अवस्थामा अलपत्र रहेको छ ।

निर्माणमा रहेका कूल ४५ प्रसारण लाइनको अवस्था पनि उस्तै रहेको छ । अधिकाशं आयोजनाको ठेकेदार चिनियाँ कम्पनी नै रहेका छन् । उनीहरुले समयमा काम नगर्ने र दुःख दिने नियत मात्रै राखेका छन् । जग्गा विवाद देखाएर गर्न सक्ने स्थानमा समेत काम नगरिकन चिनियाँ ठेकेदार बसेका छन् । लो बिडिङ गर्ने र काम नगर्ने प्रवृत्ति चिनियाँ ठेकेदारको देखिएको छ ।

पश्चिम सेती परियोजना समेत चिनियाँ कम्पनी थ्री गर्जेजले विगत ६ वर्षदेखि अलपत्र पारेको छ । न त आयोजना बनाउने अवस्थामा चिनियाँ कम्प्ननी देखिएको छ , न त छोडेर जाने अवस्थामा नै रहेको छ ।

उता नेपाल वायु सेवा निगमले ल्याएको ६ वटा चिनियाँ जहाजको हालत पनि उस्तै रहेको छ । चिनियाँ जहाज नेपालका  लागि सेतो हात्ती सरह बनेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया