रसियाका यौनकर्मीलाई यस्ता पुरुषसँग यौन सम्पर्क  गर्न भनियो

५ बर्ष अगाडि


रसियाकी एक वरिष्ठ सांसदले रसियाली महिलाहरुलाई विश्वकपको समयमा गैर–गोरा विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नबाट टाढा रहन भनेकी  छिन् । ती राजनीतिज्ञले यस कार्यले महिलाहरुलाई मिश्रित नश्लको बच्चाको एकल आमा बनाउन सक्ने सर्तक गराइन् । 
संसदको परिवार, महिला र बालबच्चा समितिका प्रमुख तमारा प्लेतनीओभाले रसियाली महिलाहरुले विदेशीसँग विवाह भएको अवस्थामा पनि सम्बन्ध कुनै दिन नराम्रो हिसाबले अन्त्य हुनेछ बताइन् । 
“ धेरैजसो अवस्थामा महिलाहरु विदेश वा रसियामै अलपत्र पारिन्छन् । उनी आफ्ना बच्चासँग रसियामै एकल जीवन बिताउनु पर्छ ।” उनले भनिन् ।
तमाराले यो कुरा बुधबार एक रेडियो स्टेशनले कथित ‘चिल्ड्रेन अफ ओलम्पिक’ बारे प्रश्न गर्दा भनेकी थिइन् । सन् १९८० मा रसियामा भएको ओलम्मिकपपछि जन्मिएका मिश्रित जातिका बच्चाहरुलाई ‘चिल्डेन अफ ओलम्पिक’ भनेर चिनिन्छ । अस्थाई साधनको प्रयोगमा व्यापकता नआइसकेको त्यो समयमा रसियाली महिलाहरु र अफ्रिका, ल्याटिन अमेरिका वा एशियाबाट आएका पुरुषबीचको सम्बन्धबाट बच्चाहरु जन्मिएका थिए । 
प्लेतनीओभाले खासमा आफूले रसियाली नागरिकले जाति हेरेर भन्दा पनि प्रेमको आधारमा विवाह गरुन् भन्ने चाहेको बताइन् ।
केही अघि अर्का एक सांसदले विश्वकपको क्रममा विदेशी पाउनाले रसियमा भाइरस भित्राउन सक्ने डर व्यक्त गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया