कुन देशमा कुन आइफोन लोकप्रिय ? यी हुन् सबैभन्दा लोकप्रिय आइफोन

४ बर्ष अगाडि

विश्वमा सबैभन्दा लोकप्रिय आइफोनहरु कुन कुन हुन् रु आइफोनको लोकप्रियताको दर देशगत रुपमा फरक हुन सक्छ । हालै विश्वका विभिन्न देशमा कुन मोडेलको आइफोन सबैभन्दा लोकप्रिय रहेको छ भन्ने सूचि सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न ३६ वटा देशमा सन् २०१८ को चौथो त्रैमासिकको बिक्रिका आधारमा सबैभन्दा धेरै लोकप्रिय रहेका आइफोनका मोडेलहरु यी हुन् स्

१. भारतमा सबैभन्दा लोकप्रिय आइफोन मोडेलको रुपमा आइफोन सिक्स रहेको छ । दोश्रो स्थानमा आइफोन सेभेन छ भने टप टेनमा रहेका अन्य आइफोनमा आइफोन सिक्स एस, आइफोन एक्स, आइफोन सेभेन प्लस, आइफोन फाइभ एस, आइफोन एट, आइफोन एसइ, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

२. अमेरिकामा चाही आइफोन सेभेन सबैभन्दा लोकप्रिय आइफोनको मोडेल बनेको छ । अमेरिकामा लोकप्रिय टपटेन अन्य आइफोन मोडेलमा आइफोन एट प्लस, आइफोन सेभेन प्लस, आइफोन एक्स, आइफोन एट, आइफोन सिक्स एस, आइफोन सिक्स, आइफोन एसइ, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

३.बेलायतमा पनि आइफोन सेभेन सबैभन्दा लोकप्रिय आइफोन मोडेलको रुपमा रहेको छ । अन्य लोकप्रिय मोडेलमा आइफोन सिक्स एस, आइफोन एसइ, आइफोन सिक्स, आइफोन एट, आइफोन सेभेन प्लस, आइफोन एक्स, आइफोन एट प्ल्स, आइफोन फाइभ एस र आइफोन सिक्स प्लस रहेका छन् ।

४.अष्ट्रेलियामा पनि आइफोन सेभेन नै सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहेको छ । त्यस्तै टपटेन लोकप्रिय मोडेलमा आइफोन सेभेन प्लस, आइफोन एट, आइफोन एक्स, आइफोन सिक्स एस, आइफोन सिक्स, आइफोन एट प्लस, आइफोन एसइ, आइफोन सिक्स प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

५.रुसमा पनि आइफोन सेभेन नै सबैभन्दा लोकप्रिय रहेको छ । रुसमा आइफोन सिक्स दोश्रो स्थानमा छ ।
टपटेनमा परेका अन्य मोडेलमा सिक्स एस, फाइभ एस, एसइ, एक्स, सेभेन प्लस, एट, एट प्लस र फाइभ रहेका छन् । यस बाहेक नेदरल्याण्डमा, अर्जेन्टिना, पोल्याण्ड, रोमानिया, इजिप्ट, फिनल्याण्ड, सिंगापुर, फ्रान्स, दक्षिण अफ्रिका, जर्मनी, कोलम्बिया, स्पेन, नर्वे, ब्राजिल, स्विडेन, टर्की, इटाली, युक्रेन, जापान, आयरल्याण्ड, र पोर्चुगलमा आइफोन सेभेन लोकप्रिय छ ।

नाइजेरिया, फिलिपिन्स, डेनमार्क, इण्डोनेसिया र मेक्सिकोमा आइफोन सिक्स लोकप्रिय रहेको छ ।

सामसुङ स्मार्टफोन निर्माता मुलुक दक्षिण कोरियामा चाहीँ आइफोन सेभेन प्लस सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहेको छ । त्यस्तै थाइल्याण्ड र मलेसियामा पनि आइफोन सेभेन प्लस सबैभन्दा धेरै लोकप्रिय रहेको छ ।

उता इजरायलमा चाहीा आइफोन एट सबैभन्दा धेरै लोकप्रिय रहेको छ । त्यहाा आइफोन सेभेन लोकप्रियताको दोश्रो नम्बरमा परेको छ । एन्सीको सहयोगमा ।

४ बर्ष अगाडि

प्रतिक्रिया