जब ऐश्वर्याको ढोकामा पूरा रात रुदैँ बिताए सलमानले...

४ बर्ष अगाडि

एजेन्सी । सलमान र ऐश्वर्याको प्रेम कहनी सन् १९९७ मा शुरु भएको थियो जब ऐश्वर्याले बलिउडमा भर्खरै पाइला टेकेकी थिइन् । त्यहि नै बेला सलमान सोमीसँग गहिरो प्रेममा थिए र उनीसँग बिहे गर्ने सोचमा थिए तर ऐश्वर्याको आगमनले सलमानको मन बदलिदियो ।

र, अन्त्यमा यी दुईको प्रेमले निकै चर्चा पायो तर सलमानको आफ्नै व्यवहारले सुन्दर एउटाको सम्बन्धको भने अन्त्य भयो । त्यसपछि ऐश्वर्याको जीवनमा अभिषेकको आगमन भयो र उनीहरुको बिहे भयो ।

उनीहरुको प्रेम कहानी निकै सुन्दर र प्यारो थियो । ऐश्वर्या सलमानको निकै नजिक हुँदै गएकी थिइन् सलमानको परिवारमा पनि उनको आउन जान शुरु भयो भने सलमानका साथीहरुले ऐश्वर्यालाई भाउजू भनेर बोलाउन थालिसकेका थिए ।

तर हरेक सम्बन्धमा कोहि न कोहि वा केहि न केहि बाधा भएरै छोड्छ । ऐश्वर्याको परिवारलाई पनि सलमानसँगको सम्बन्ध त्यत्ति स्विकार्य थिएन । परिवारले सलमानलाई अस्विकार गरेपछि ऐश्वर्याले सलमानको लागि घर छोडेर मुम्बईमा एक्लै समेत बसेकी थिइन् ।

सुत्रको अनुसार एक दिन आधा रातमा सलमान खान ऐश्वर्याको घरमा पुगेका थिए । र ढोकामा ठूलो ठूलो आवाजले धक्का दिए तर ढोका नखुलेपछि सलमानले छतबाट हामफाल्ने धम्की समेत दिएका थिए । उनी करिब विहानको ३ बजेसम्म ढोका ढक्ढक्याइरहेका थिए । मानिसहरु भन्छन् ढोकामा हान्दा हान्दा उनको हातमा रगत समेत आएको थियो ।

सलमान ऐश्वर्यासँग तुरुन्तै बिहे गर्न चाहान्थे तर उनी भने सफलताको सिँढी चढ्दै थिइन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया