हिमालयन रक्सीकाे स्टक नै सकियो,  एकै दिन डेढ सय कार्टुन बिक्यो

४ बर्ष अगाडि

एकाएका चर्चामा आएको हिमालयन रिजर्भ हिस्की अत्यधिक बिक्रि भएर स्टक नै सकिएको छ ।

सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ हिस्की एकैदिन अधिराज्यभरको डिरलबाट सकिएको हो । 

सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउने रोशनी शाहीको कोठामा भेटिएको भन्दै अनलाईनहरुले फोटो सार्वजनिक गरेपछि उक्त रक्सी अत्यधिक विक्री भएको हो । 

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिजर्भ पूर्णतया नेपालको उत्पादन भने होइन । 

यसको बोटलिङमात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै विदेशबाटै आयात हुन्छ। 

प्रिमियर अर्गानिक प्रालिले माग धेरै भएकाले धान्न गाह्रो परेको जनाएको छ । यद्यपि, माग धेरै भयो भन्दैमा धेरै उत्पादन गर्ने पक्षमा कम्पनी छैन् ।

उसले उत्पादनलाई नियन्त्रण गरेको जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३ हजार प्रति लिटर छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया