मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद शेयर खुल्ला

४ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंक लिमिटेडको २० प्रतिशत हकप्रद शेयर खुल्ला भइरहेको छ । भदौ १२ गते देखी खुल्ला भएको यस बैंकको हकप्रद  असोज १५ गते बुधबार सम्म मात्र रहेको छ ।

हकप्रद शेयर भर्न बाँकी रहनु भएका शेयरधनी महानुभावहरुले २०७५ आश्विन १५ गते बुधबारसम्म  आवेदन दिइसक्नु पर्ने हुन्छ । कम्पनीले प्रति कित्ता रु१०० रुपैयाका दरले १०ः२ अनुपातमा ६१ लाख २९ हजार ५ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयरको भिबोर क्यापिट लिमिटेड थापाथली, काठमाडौं, मुक्तिनाथ विकास बैंक लि। का सम्पुर्ण शाखा कार्यालय तथा आस्वा सदस्य भएका बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सकिने छ । भिबोर क्यापिटल लिमिटेड थापाथली काठमाडौंले बिक्रि प्रबन्धकको काम गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया