संसद सचिवालयले दियो महराको राजीनामाबारे औपचारिक जानकारी

४ बर्ष अगाडि

संसद सचिवालयले सभामुख कृष्णबहादुर महराको राजीनामाबारे औपचारिक रुपमा जानकारी दिएको छ । 

बुधबार संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै महराको राजीनामाबारे जानकारी गराएका हुन् । 

महरामाथि संसद सचिवालयमै कार्यरत कर्मचारीमाथि यौन दुरव्यवहार गरेको आरोप लागेको थियो । उक्त आरोपपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा बुझाएका थिए । 

जारी सूचनामा उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना प्रकाशन गरिएको  जनाइएको छ ।

नियमावलीअनुसार संसद् बैठक चल्दा अध्यक्षता गर्ने व्यक्तिले राजीनामा पढेर सुनाउनुपर्छ बैठक नभएको अवस्थामा भने सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया