एनआईसी एसिया बैंकमा खाता हुनेले झोलामा पैसा बोक्नुपर्ने, दशैंमा ग्राहकलाई समस्या

४ बर्ष अगाडि

नगदको सुरक्षा र बचतको आशमा बैंकमा खाता खोलिन्छ । तर दशैंको मुखमा यहि आशमा एनआईसी एसीया बैंकमा खाता खोल्नेहरु भने यसपटक झोलामा पैसा बोक्नुपर्ने अवस्था आएको छ । 

बैंकको लापर्वाहीका कारण ग्राहकहरुको चेकबूक र एटीएम कार्ड समयमा नै उपलब्ध नभएपछि बैंकमा खाता हुँदाहुँदैपनि झोलामा पैसा बोकेर हिँड्नुपर्ने अवस्था आएको हो । 

पछिल्लो सयम विभिन्न चामत्कारिक योजना भन्दै सर्वसाधारणलाई आकर्षित गरेको छ । सोही विज्ञापनको आधामा ग्राहकहरु बैंकमा खाता खोल्न आकर्षित पनि भए । 

तर सेवा प्रवाहको कुनै रणनीति नबनाउँदा यस्तो समस्या आएको बैंकका कर्मचारीहरु बताउँछन् ।

‘पछिल्लो पटक दैनिक एक हजार भन्दा बढी ग्राहकको खाता खोलिएको छ, त्यसैले हामीले काम गर्न नै सकिएन’, बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयका कर्मचारीहरु भन्छन् ‘हामीकहाँ खाता खोलेका आधा भन्दा धेरैका एटीएम कार्ड नै बनेका छैनन् ।’

उनीहरुका अनुसार चेक लिने ठाउँमा पनि त्यस्तै अबस्था रहेको छ ।   

एक महिनादेखि एटीएम कार्डका लागि फारम भरेर बसेकाहरुलाई ति कर्मचारीले अब चेकबाट पैसा निकाल्नुस भनेर सुझाव दिने गरेका छन् । एटीएम कार्ड नै सकिएको कारण दशैंअघि कार्डको आश नगर्न कर्मचारीले दिएको सुझाव मान्न ग्राहकहरु तयार छैनन् । 

‘दशैंको किनमेलका र अन्य खर्चका लागि चेकबाट पैसा निकालेर झोलामा बोक्नुपर्ने भए बैंकमा किन खाता खोल्नु भनेर ग्राहकहरु झगडा नै गर्छन’, बैंकका एक कर्मचारी भन्छन्, ‘एटीएम कार्ड नै सकिएको छ, माथीबाट आउँदैन हामी के जवाफ दिनु ?’

कर्मचारीहरुका अनुसार ग्राहकको कार्ड चालू गर्न २ दिन लाग्छ । एकदिन कार्ड प्रिण्ट हुनुपर्छ र अर्कोदिन पिन नम्बर लिनुपर्छ । तर यसपटक कार्ड सकिएपनि बैंक व्यवस्थापनले कार्ड उपलब्ध नगराएपछि ग्राहकहरु खालीहात फर्कनुपरेको छ । 

एनआईसी एसिया बैंकका कर्मचारीमा आतंक, एकै पटक ११ सय कर्मचारी निकाल्दै
बैंकको आतंकले समयमा काम गर्दैनन् कर्मचारी 
बैंकले ११ सय कर्मचारी निकाल्ने भन्दै आतंक सिर्जना गरेपछि कर्मचारीले खुसिसाथ सेवाप्रवाह नगर्दा पनि यस्तो समस्या भएको हो ।

कर्मचारी कटौतीको नाममा लामो समयदेखि काम गरेका कर्मचारीलाई बिनाकारण जागिरबाट निकाल्ने, बेजिल्ला सरुवा गर्ने र त्रास देखाउने गरेपछि उनीहरुले खुसीसाथ काम गर्न नसकेको बताएका छन् । 

गर्भवती कर्मचारीलाई बेजिल्ला सरुवा गरेर तनाव दिने गरेपछि कार्यरत महिला कर्मचारीहरुले खुलेर काम गर्न नसकेको गुनासो गरेका छन् ।

‘साथीहरुलाई प्रजनन अधिकार समेत नदिएर आतंकित पारेपछि भोली हामीहरुलाई पनि त्यही त होला अबस्था त होला भन्ने भयले तर्साउँछ,’ छैठौं तहकी एक कर्मचारी भन्छिन् ‘यस्तो अबस्थामा चाहेर पनि सेवा प्रवाह राम्रो नहुने रहेछ ।’

हप्तौँसम्म खाता नम्बर दिँदैन एनआइसी एसिया बैंक, ग्राहकलाई हैरानी मात्र

खाता खोल्नपनि उस्तै समस्या 
बैंकमा आकर्षक योजनाहरुको विज्ञापन गरेपनि खाता खोल्न समेत समस्या हुने गरेको छ ।

खाता नम्बर लिन समेत एक हप्ता लगाउने गरेपछि पहिलो पटक पुगेका सेवाग्राही दिक्क मानेर फर्किने गरेका छन् । 
खाता खोलेपछि भोलीपल्ट मोवाईलमै खाता नम्बर उपलब्ध गराउने भनेर ग्राहकलाई आश्वासन दिने भएपनि हप्तौंसम्म पनि खाता नम्बर उपलब्ध नगराएको भन्दै ग्राहकले आक्रोश समेत पोख्ने गरेका छन् । 

 “खाता जरुरी भएपछि बैंकमा खाता खोल्न गयो, बेलुका वा भोली ११ बजेसम्म तपाइँकै मोबाइलमा खाता नम्बर आउँछ भनेर पठाउँछन्”, काठमाडौंमा व्यापार गर्ने झापाका रवि आचार्यले भने “तर एकहप्तासम्म खाता नम्बर आउँदैन ।”

वेवसाईटमा गलत नम्बर, ल्याण्डलाईन फोन उठ्दैन 
बैंकका कर्मचारीले सेवा बारे जानकारी लिनका लागि पटक पटक फोन सम्पर्क गर्दासमेत फोन नउठाउने, उठाएपनि सहि जवाफ नदिने बिचैमा फोन राखिदिने गरेर हैरान पर्ने गरेका छन् । 

बैंकले वेभसाईटमा समेत गलत नम्बर राखेर सेवाग्राहीलाई झुक्याएको छ ।

कर्पोरेट शाखा थापाथलीका म्यानेजर सोफी अधिकारी भनेर राखिएको ९८४१७२७०८० नम्बरको मोवाईल अन्य व्यक्तिले उठाएर बैंकको नम्बर होइन, आईन्दा फोन नगर्नुहोला भन्दै थर्काउने गर्छन ।

उक्त शाखाको ०१–५११११७७ र ५११११७९ नम्बरको ल्याण्डलाईन फोनमा दर्जनौं पटक सम्पर्क गर्दा समेत नउठाउने, उठाएपनि नबोलि राखिदिने र केही जवाफ नदिने गरेको ललितपुरका सुमन पन्तले बताए ।

शाखामै पुगेर गुनासो गर्न खोज्दा समेत कर्मचारीले ‘म्याम विदामा हुनुहुन्छm जान मिल्दैन’ भनेर जान नदिएको उनको गुनासो छ । 

आजको अर्थले कर्पोरेट शाखाका ति नम्बरहरुमा सम्पर्क गर्दा म्यानेजर अधिकारी सम्पर्कमा आउन चाहिनन् । 

एनआईसी एसिया र जनता बैंकले यसरी ठग्छन् कर्मचारी

४ बर्ष अगाडि

प्रतिक्रिया