करीब दश अंकले घट्यो शेयर बजार

५ बर्ष अगाडि



काठमाडौँ – शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ । 

आज दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२६ बिन्दु र उत्पादन समूहको शेयर १.८६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८.११, विकास बैंक १०.२९, जलविद्युत् १७.१२, फाइनान्स ०.९४, बीमा ७९.७६, अन्य ३.१ र माइक्रोफाइनान्स १३.७५ बिन्दुले घटेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया