दसैंमा तरकारीको मूल्य ह्वात्तै बढ्यो

४ बर्ष अगाडि

काठमाडौं । दसैंमा तरकारीको मूल्य  ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् ।
 दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताहरुको भनाई छ ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन् । त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ । कालीमाटी खोलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा विक्री गरिएको छ । विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ ।

यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो । 
बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा मारमा पार्नु परेको आम उपभोक्ताको गुनासो छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया