चुरोटभन्दा बढी हानिकारक हुन्छ अगरबत्तीको धूवाँ

४ बर्ष अगाडि

 पूजापाठ तथा धार्मिक कार्यहरूमा अगरबत्तीको प्रयोग गरिन्छ । अगरबत्तीलाई आध्यात्मिकता मात्र नभई शान्ति र शुद्धताको प्रतीक पनि मानिन्छ । 

अगरबत्तीको सुगन्ध तपाईंलाई राम्रो लाग्न सक्छ र त्यसले तपाईंको मनलाई आनन्द दिन सक्छ । तर वास्तवमा अगरबत्तीको धूँवा त चुरोटको धूँवाभन्दा खतरनाक हुन्छ । 

चिनियाँहरूले गरेको अध्ययनमा अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् । सुगन्धित अगरबत्तीबाट विषालु कण निस्कन्छन् र शरीरका कोशिकालाई नोक्सानी गर्छन् । 

अध्ययनले साबित गरेअनुसार सुगन्धित अगरबत्तीमा तीनवटा विषालु तत्त्व हुन्छन् : म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक । यिनले क्यान्सर गराउन सक्छन् । 

अगरबत्तीबाट निस्कने धूँवाबाट शरीरमा भएको जीन परिवर्तित हुन्छ र यो नै क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो । आनुवंशिक परिवर्तनले डीएनएमा पनि परिवर्तन ल्याउँछ र यो नराम्रो संकेत हो । 

अगरबत्तीबाट निस्कने धूँवा हामीले सासमार्फत भित्र छिराउँदा फोक्सो पोल्ने, उत्तेजित हुने र प्रतिक्रिया उत्पन्न हुने सम्भावना रहन्छ । धूँवामा रहेका कण अर्थात् पार्टिकलहरूमा ६४ कम्पाउन्ड हुन्छन् जसकारण चिलाउने र पोल्ने
हुनसक्छ । 

अगरबत्तीमा भएको कृत्रिम सुगन्धले यसलाई थप खतरनाक बनाउँछ । अगरबत्तीको साटो बाटेको धूप बाल्ने गर्नुस् । 

एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया