सभामुखको पदमा मुख मिठ्याउँदै हिड्ने को ?

४ बर्ष अगाडि


काठमाडौं – आफ्नै सचिवालयको कर्मचारीलाई बलत्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिए । मान्छेले आफ्नो इज्जत बचाउन सकेन भने जस्तो सुकै ठूलो पदमा पुगेपनि एकै क्षणमा सडकमा झर्छ भन्ने तथ्य पनि महराको बलात्कार प्रकरणले सावित गरेको छ । यद्यपी दैनिक जसो नै बलत्कारमा परेकी भनिएकी महिला रोशनी शाहीको भनाइ बदलिएको छ । उनले शुरुमा आफूलाई महराले बलत्कार गरेको बताएका थिइन् । पछि एक अनलाइनमा भिडियो अन्तरवार्तामा आफूले गलत भनेको र महराले बलत्कार नगरेको दावी गरेकी छिन् ।

यद्यपी महराको पद गइसकेको छ । उनको सांसदको पद समेत बाँकी रहने वा नरहने भन्ने बारेमा हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । तर बलत्कार प्रकरणमा महरा मुछिएपछि सभामुख को बन्ला भन्ने चर्चा पनि शुरु भएको छ । 

संसदमा नेकपाको दुई तिहाई जनमत रहेको छ । तर संविधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने मत पनि उस्तै रहेको छ । संविधानले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । संसदको वर्षे अधिवेशन सकिइसकेको र हिउँदे अधिवेशन आउन अझै केही समय बाँकी भएका कारण तत्कालका लागि सभामुख चयन गर्नुपर्ने वाध्यता भने रहेको छैन । तर महराको पद खाली भएको केही समय पुग्दा नपुग्दै नेकपा भित्रैका एक नेताले सभामुखमा भने ¥याल काँढेको सहजै देख्न सकिन्छ ।

को होलान् सभामुखमा ¥याल काँढ्ने ती व्यक्ति । आम मानिसको चासो र जिज्ञासा हुन सक्छ ।  तर विगतमा संविधानसभामा दुई पटक अध्यक्ष रहेका र संसदमा नियमित जस्तै उपस्थित रहेका नेकपा संसदीस्य दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङले सभामुखका लागि लालायित भएको पाइएको छ । 

उनले महरा बलत्कारमा परेपछि दिएका अभिव्यक्ति तथा तरिकका आधारमा हेर्दा उनले आफू पुनः सभामुख हुन लागेको जसरी भनाई सार्वजनिक गरेका छन् । पहिलो संविधानसभा असफल बनाउन लागिपरेका नेम्वाङले सभामुखमा इच्छा व्यक्त गर्नुले पनि विषय थप गम्भीर बनेको छ । उनले नै कतै कुनै योजना बनाएर महरा विरुद्ध पो लागेका थिए कि भन्ने आंशका समेत जन्माइदिएको छ । पूर्व सभामुख नेम्वाङले स्पष्ट रुपमा आफू सभामुख बन्न लागेको नबताएपनि उनको गतिविधि र उनको शैलीले त्यही कुराको संकेत गर्दछ । 

महरालाईए सिध्याउने खेलमा कतै उनी पनि लागेका थिएनन् भन्ने प्रश्न समेत नेकपाका कार्यकर्ताबीच चर्चा सुरु भएको छ । सभामुख नेम्वाङ बन्ने हो भने नेकपा भित्र सभामुख बन्न लायक अरु कुनै व्यक्ति, नै योग्य त छैनन् भन्ने प्रश्न पनि उठन सक्छ । तर उनको भित्री आशय भने पुनः सभामुख बन्ने नै देखिन्छ । महरा बलत्कार प्रकरणको पटाक्षेप त समय क्रममा नै होला । तर पद नै रिक्त नभई सभामुख बन्ने हतारोले भने थप आशंका जन्माइदिएको छ । संविधानससभा असफल भएपछि तत्कालीन अध्यक्ष रहेका नेम्वाङले कुनै विस्मता गरेनन् ।

 विशेष गरी संसद सचिवालयमा बसेर स्रोत र साधनको राम्रैसँग तर मारेका नेम्वाङलाई त्यहाँको यादले बेला बेलामासताउने नै गरेको थियो । उनी सभामुख नै भएजसरी पत्रकार तथा आफ्ना आसेपासे बोलाएर संसद सचिवालयमा पछिल्ला दिनमा समेत रजगज गर्दै आएका थिए । आफू मुख्य पदमा नभएपनि सभामुख भन्दा के फरक छु र भन्दै उनले सचिवालयका कर्मचारीलाई समेत थर्काउने तथा आफ्नो ग्रीपमा राख्ने गरेका थिए । उनले पटक पटक आफू नै सभामुख भएको, यो नै मौजा हो भने जसरी प्रस्तुत भएका थिए ।

विशेष गरी नेकपा भित्र केपी ओलीसँग विशेष सम्बन्ध भएका नेम्वाङलाई ओलीले नै ग्रिन सिंग्नल नै दिएका थिएनन् त भन्ने प्रश्न समेत जन्माइदिएको छ । कानून अनुसार बलत्कारको आरोप लागेपछि उसलाई कारवाही होला । प्रहरीले छानबीन पनि गर्ला , तर सो भन्दा अगावै आफू सभामुख बने जसरी नेम्वाङले देखाएको व्यवहारले आशंका जन्माइदिएको हो । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत महरासँग खुसी नभएको जानकारहरुले बताएका छन् । उनले आफूले भनेको नगरेको भन्दै महरासँग गुनासो गर्दै आएका थिए ।

 उनलाई नेकपा भित्र पूर्व माओवादीलाई साइजमा ल्याउने हुटहुटीले काम गरेको थियो । अमेकिरन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनको सहयोग सम्बन्धी सम्झौता संसदबाट अनुमोदन नगराएको तथा आफ्नो सम्बोधनका क्रममा प्रयोग गरेको निम्छरो भन्ने शब्द हटाउन सभामुखका रुपमा दिएको निर्देशनले आफ्नो मानमर्दन भएको ओलीको बुझाइ थियो । त्यसो त मंगलबार नेकपा अध्यक्ष प्रचण्डले नै सभामुखबाट राजीनामा दिन आग्रह गरेका थिए ।

नेकपाको सचिवालयको बैठकमा समेत स्वयम् प्रचण्डको प्रस्तावमा नै सभामुखलाई राजीनामा दिन लगाउने निर्णय भएको थियो । प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्री ओलीले समेत समर्थन गरेका थिए । त्यसो त ओलीले लालगेडी भन्ने नेम्वाङले भने आफूलाई सभामुख बनाउन भन्दै लविङ समेत शुरु गरेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया