सामान्य अंकले बढ्यो शेयर बजार

५ बर्ष अगाडि


काठमाडौँ । लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक नेप्से परिसूचक ४.६२ अंकले बढेर एक हजार १९९.४२ अंकमा पुगेको छ । 
यस्तै क वर्गका कम्पनीको कारोबार मापक सूचक १.११ अंकले वढेर २५१.९७ अंकमा पुगेको छ ।
कारोबार भएका नौमध्ये ६ उपसूचकमा सुधार आउँदा समग्र बजारमा सुधार आएको स्टकले जनाएको छ । आज विशेषगरी बैंक ५.७५ होटल २०.६७ विकास बैक ११.९४ फाइनान्स ०.२१ अन्य ४.१८ र लघुवित्त ४.४४ अंकले बढेका छन । यस्तै जलविद्युत ४.४७ बीमा ४.५८ उत्पादन मूलक १९.८८ अंकले घटेका छन । 
आज कूल  १५७ कम्पनीका रु १७ करोड ३० लाख  बराबरका शेयर खरिद बिक्री भए। सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीका रु ९२ लाख बराबरको कारोबार भएको छ। 
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया