३० वर्ष पुग्नुभयो ? यस्ता १२ समस्या देखिन्छन् ? क्यानसरको संकेत हुनसक्छ !

४ बर्ष अगाडि

एजेन्सी । ३० वर्ष कटेपछि महिलाहरुको शरिरमा धेरै हर्मोनल तथा फिजिकल परिवर्तन देखिन्छ । यसपछि शरिरको तौल नियन्त्रण गर्न समेत मुस्किल पर्छ । यस्तैमा महिलाहरुलाई क्यानसर जस्तो रोग लाग्ने सम्भावना पनि उच्च भएर जान्छ ।

 
अमेरिकन क्यानसर सोसाइटीको रिपोर्टका अनुसार ३० वर्ष काटेपछि ब्रेस्ट क्यानसर हुने उच्च सम्भावना हुन्छ । यसबाहेक यस उमेरमा शरिरको तौल बढ्दै गएमा पेट, प्यानक्रियाजमा क्यानसर हुने सम्भावना पनि उत्तिकै बढी भएर जान्छ ।

सिनियर कन्सलटेन्ट डा. सिद्धार्थ साहिनीका अनुसार ब्रेस्ट क्यानसरका लक्षणहरु यस्ता रहेका छन् ।

 
१. स्तनमा परिवर्तन आउनु

 
स्तनमा गाठो भएको महसुस गर्नु, निप्पलको रङ बदलिनु, चिलाउनु, दुख्नु, झमझम भएको महसुस हुनु वा निप्पलबाट रगत आउनु ब्रेस्ट क्यानसर हुनसक्छ ।

 
२. अनियमित रुपमा ब्लीडिङ हुनु

 
पिरियड्सका दौरान धेरै रगत बग्नु, रगतका साथ क्लट्स आउनु, पिरियड्स पछिको समयमा पछि अचानक रगत बग्नु यी सबै सर्वाइकल क्यानसरका लक्षण हुनसक्छन् ।

 
३. स्टुलका साथ रगत देखिनु

 
स्टुलका साथ हल्का वा गाडा रंगको ब्लड देखिनु कोलोन क्यानसरको संकेत हो ।

 
४. डिस्चार्ज

 
भेजिनाबाट स्मेल डिस्चार्ज भएमा वा कुनै इनफेक्सन भएमा यो सर्वाइकल क्यानसरको संकेत हुनसक्छ ।

 
५. पेट फुल्नु

 
पेट ठीक रुपमा सफा नगर्नु, पिसाबमा कुनै खाले समस्या हुन, पेटको तल्लो भाग दुख्नु वा बारम्बार दुखिरहनु यो पेल्बिक क्यानसरको संकेत हो ।

 
६. तौल बढ्नु

 
विशेष डाइट बेगर नै शरिरको तौल ४–५ किलोसम्म बढिरहेमा यो ओवरिन क्यानसको संकेत हो ।

 
७. अचानक शरिरको तौल घट्नु

 
अचानक बिना कारण शरिरको तौल घट्नु यसलाई ध्यान नदिनले पाचन प्रणाली, फुड पाइप वा पेट वा फोक्सोको क्यानसरको संकेत हुनसक्छ ।

 
८. कफको समस्या

 
२–३ हप्तादेखी कफको समस्या बनिरहेको छ रु सास फेर्न समस्या भइरहेको छ रु वा छातीमा इन्फेक्सन भएको छ भने यो फोक्सोको क्यानसरको लक्षण हो ।

 
९. थकान

 
थोरै काम गर्दा पनि धेरै थकान लाग्छ भने वा कमजोरी महसुस हुन्छ भने यो पेटको क्यानसरको लक्षण हो ।

 
१०. भोक नलाग्नु

 
अचानक भोक नलाग्नु । खाली पेट भरीएको जस्तो महसुस गर्नु यो ओवरिन क्यानसरको संकेत हो ।

 
११. ज्वोरो आउनु

 
बारम्बार ज्वोरो आउनु वा इन्फेक्शन हुनु । अचानक शरिरको तापक्रम बढ्नु, शरिरमा गर्मी ज्यादा हुनु यो ल्युकेमियाको संकेत हो ।

 
१२. टाउको दुःख्नु

 
यदी तपाईलाई माइग्रेशनको समस्या छैन तर धेरै पटक टाउको दुखिरहेको छ भने यो ब्रेन ट्युमरको संकेत हुनसक्छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया