किन काटिन्छ आजकल नियमित विद्युत्, यस्तो छ कारण

५ बर्ष अगाडि

काठमाडौं । मनसुन सुरु भएका कारण देशभर नै सबै जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहेका छन् ।

देशभर विद्युत्को कूल जडित क्षमता १ हजार ८० मेगावाट पुगेको छ । तर राजधानी र प्रमुख शहरहरुमा एकपछि अर्को गर्दै विद्युत् कटौती भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भएको जनाएको छ । कुनै पनि स्थानमा विद्युत् कटौती हुने अवस्था नभएको पनि उसले दावी गरेको छ ।

तर विगत केही दिनदेखि राजधानी र आसपासका क्षेत्रमा पटक पटक विद्युत् कटौती भइरहेको छ । किन यस्तो भएको होला रु आम उपभोक्ताले प्रश्न गरिरहेका छन् ।

राजधानीको बालाजु क्षेत्रमा आज पनि दिनभर विद्युत् कटौती हुने भएको छ । केही दिन पहिले लैनचौर आसपासको क्षेत्रमा विद्युत् कटौती गरिएको थियो । प्राधिकरणले सूचना नै निकालेर विद्युत् कटौती हुने जानकार िदिएको छ । गर्मी बढेको छ 

उपभोक्ताले पंखालगायतका विद्युतीय सामग्री बढी चलाउनुपर्ने समयमा विद्युत् कटौती हुनुलाई समान्य रुमपा लिएका छैनन् । तर पछिल्लो दिनमा नियमित मर्मतको नाममा विद्युत् कटौती भइरहेको छ ।

प्राधिकरणले भने मर्मतका कारण केही स्थामना विद्युत् कटौती गरिएको जानकारी दिएको छ । विद्युत् अपुग भएर होइन नियमित मर्मत गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको हो, प्राधिकरणले भनेको छ ।

प्रसारण प्रणालीमा समस्या नआओस् भनेर नियमित मर्मत सम्भार गरिएको हो, त्यसका कारण सबै क्षेत्रमा एक दिन विद्युत् कटौती गरेर भएपनि मर्मत गरिएको छ ।

बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बालाजु क्षेत्रमा आज  विद्युत आपूर्ति बन्द हुने जानकारी दिए ।

सडक विस्तारका लागि बालाजु क्षेत्रमा आज दिनभर  विद्युत आपूर्ति बन्द हुने भएको छ । आज दिनभर बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत बन्द हुने छ ।

त्यस फिडर अन्तर्गतका पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे

डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रे देउराली क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने रेग्मीले जानकारी दिए ।

यस्तै राजधानी बाहिर पनि नियमित मर्मत गर्ने भन्दै विद्युत् कटौती गरिएको छ । मर्मत गर्न जानकारी नै दिएर विद्युत् कटौती गरिएपनि त्यष्सबाट उपभोक्तालाई भने समस्या परेको छ ।

यस्तै हावा हुरी तथा वर्षाका कारण पनि देशभरका ११ केभी र ३३ केभी प्रसारण प्रणालीमा समस्या देखिएको छ । त्यस्ता समस्या समाधानका लागि आफूहरु लागिपरेको प्राधिकरणको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया