ओपोको  ‘रेनो २ एफ’ असोज २९ गतेबाट नेपालमा

४ बर्ष अगाडि

काठमाण्डौ – ओपोको  ‘रेनो २ एफ’ मोबाइल नेपाली बजारमा  सार्वजनिक हुने भएको छ ।

ओपोले असोज २९ गते बुधबारका दिन रेनो सिरिजअन्तर्गतको  ‘रेनो २ एफ’ मोबाइल नेपालमा सार्वजनिक गर्न लागेको हो ।

‘रेनो २ एफ’ मोबाइलमा क्वाड क्यामेरा सेटअप, ८ जीबी र्याम, हिँड्न फिङ्गर प्रिन्टलगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् । अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अद्वितीय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समयसम्म टिक्ने ब्याट्रीलगायत सुविधा पनि उपलब्ध गराउँछ । 

उक्त मोबाइलमा चारओटा क्यामेरा रहेका छन् । जसमा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन्।

त्यस्तै यस फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरीएको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया