नेपालको नीजि क्षेत्र गफाडीमा परिणत, पशुपति मुरार्रका देखि भवानी राणासम्म उस्तै

५ बर्ष अगाडि

काठमाडौ. । सरकारले लोडसेडिङको अन्त्य गरेको करिब दुई वर्ष पूरा हुन लागेको छ । दैनिक १० घन्टा मात्रै विद्युत् पाएका उद्योगले हाल धेरै जसो स्थानमा २४ सै घन्टा विद्युत् पाएका छन् । तर उद्योगी व्यवसायीले सोचेअनुसारको लगानी पनि गरेका छैनन् । लगानीका लागि चासो समेत दिएका छैनन् ।

नेपाल राष्ट्र बैंकले गत वर्ष प्रकाशित गरेको एक प्रतिवेदनमा औद्योगिक क्षमता करिब १० प्रतिशले बढेको उल्लेख गरेको थियो । नियमति विद्युत् पाउँदा समेत उद्योगी तथा व्यवसायीले सोचअनुसार काम नगर्नुको पछाडि उनीहरु केवल हल्ला गर्न मात्रै सिपालू छन्, औद्योगिक लगानीका लागि उनीहरु केन्द्रीत छैनन् भन्ने देखिन्छ ।

सरकारले नियमित रुपमा विद्युत् उपलब्ध गराउँम्दा कम्तीमा पनि चालु आथिृक वर्षमा औद्योगिक क्षमता २० प्रतिशतको हाराहारीमा पुग्नुपर्ने थियो । तर तथ्यांकले भने त्यो देखाउँदै । नेपालका नीजि क्षेत्रको क्षमता नै छैन, उनीहर केवल राज्य र सरकारलाई दोष दिएर उम्कन मात्रै उद्यत् छन् भन्ने देखिन्छ ।

त्यसका केही उदाहरण छन् । जस्तो नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता वृद्धि गर्न लागेको भनेर हल्ला गराएको दुई वर्ष भयो । उनको उद्योगले कहिलेसम्म क्षमता वृद्धि गर्ने भन्ने बताउन सकेको छैन । केही पत्रकारलाई बेलाएर आफूले उद्योगको क्षमता वृद्धि गर्न लागेको तथा केही वर्षभित्रै दैनिक तीन हजार ५०० टन सिमेन्ट उत्पादन गर्ने भन्न पनि छाडेका छैनन् । तर काम भने सुरु गरेका छैनन । सिशवम् सिमेन्ट उद्योगले सर्वसाधारणमा शेयर बिक्री गर्ने अख्तियारी नेपाल धितोपत्र बोर्डले दिइसकेको छ । तर सो उद्योगले पनि क्षमताअनुसारको उत्पादन गर्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले गैरकानुनी रुपमा सो उद्योगलाई डेडिकेटेड फिडर उपलब्ध गराएका थिए । तर पनि उद्योगले क्षमताअनुसार उत्पादन गरेको छैन । पशुपति मुरारकाको जस्तै सो उद्योग पनि हल्ला गर्न र गफ गर्न मात्रै उद्यत रहेको देखिन्छ ।

यस्तै उद्योग नै नभएपनि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेकी भवानी राणाले पनि नयाँ उद्योग ल्याउने भनेर गफ गरेको लामै समय भयो । यही असार ५ गतेदेखि १० गते सम्म चीनको भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको साथ लागेर चीन पुगेकी राणाले एक फलफूल उत्पादन तथा प्रशोधन गर्ने उद्योग सञ्चालन गर्न लागेको बताएकी छिन् । तर त्यो उद्योग कहिले स्थापना हुन्छ भन्नेमा केही छेऊ लाग्न सकेको छैन ।

उनले सधै औद्योगिक वातावरण नभएको, लोडसेडिङ रहेको जस्ता तर्क गरेर काम गरेकी थिइनन् । तर लोडसेडिङ अन्त्य भएको दुई वर्ष पूरा हुन लाग्दा समेत व्यवसायी केवल गर्न मात्र केन्द्रीत छन् ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको पनि देखिने कुनै उद्योग छैन । उनले पनि राजनीतिक स्थिरता नभएको, लोडसेडिङ चरम रहेको जस्ता तर्क गरेर काम नगर्ने गरेका थिए ।

नेपालका उद्योगी व्यवसायीले भन्दै आएको औद्योगिक वातावरण समेत पछिल्लो दिनमा बनेको छ । धेरैले लगानीका लागि काम गरिरहेको, प्रक्रिया अगाडि बढाइरहेको तथा यस्तै धेरै भनेको लामो समय भयो । तर काम भने हुन सकेको छैन ।

तथ्यहरुले के भन्छन् भने नेपालको नीजि क्षेत्रको क्षमता छैन भन्दा हुन्छ । निर्माण व्यवसाय गर्नेहरु कसरी राज्यलाई ठगौ र काम नगरौ भन्ने मान्यतामा छन् । राप्रपाका नेता समेत रहेका विक्रम पाण्डे त्यसका खास उदाहरण हुन् । उनको कालीका कन्स्ट्रक्सनले हालसम्म कुनै पनि आयोजना समयमा पूरा गरेको छैन । यस्तै काँग्रेसका सांसद रहेका हरिनारायण रौनियारको अवस्था पनि पाण्डेको भन्दा फरक छैन । उनको पप्पू कन्स्ट्रक्सनले कुनै पनि आयोजना समयमा सम्पन्न गरेको छैन ।

दर्जनौ आयोजना लिने र काम नगर्ने प्रवृत्ति उनको रहेको छ । यस्तै काँग्रेसका नेता रहेका रसुवाका मोहन आचार्य पनि कामचोर मध्येका एक हुन् भन्ने प्रष्ट देखिएको छ । दर्जनौ आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने र सधै राज्यलाई नै दोष दिएर उम्कने उनको विशेषता रहेको छ ।

नेपालको नीजि क्षेत्रको क्षमता छैन, उनीहरु जहिले पनि राज्यलाई दोष दिने र धमिलो पानीमा माछा मार्न मात्रै उद्यत् छन् भन्ने देखिएको छ । यस्तो प्रवृत्तिलाई निरु्त्साहन गर्न सरकारले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गरेर थप वातावरण बनाइदिनु पर्दछ । अन्यथा जति सुकै आर्थिक समृद्धिको कुरा गरेपनि त्यो पूरा हुने अवस्था छैन । राज्यलाई कसरी चुस्ने, राज्यबाट कसरी तर मार्ने र आफ्नो दुनो सोझाउने भन्दा अरु कुनै पनि क्षमता नेपालको नीजि क्षेत्रमा देखिएको छैन । विशेष गरी उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थामा पनि यस्तो रोग देखिएको छ । सो रोगका कारण उनीहरु जहिले पनि सरकारले काम गर्न नदिएको, राज्य सहयोगी नभउको, औद्योगिक वातावरण नभएको जस्ता कुतर्क गरेर काम नगर्ने अवस्थामा पुगेका छन् । उनीहरुको कुनै पनि प्रकारको भूमिका मुलुकको समृद्धि र विकासमा देखिएको छैन । राज्यले उपलब्ध गराएको सामान्य भन्दा सामान्य सुविधामा समेत नीजि क्षेत्रले चित्त बुझाएर औद्योगिक वातावरण बनाउने भन्दा पनि दोष लगाएने प्रवृत्ति नै कायम रहेको छ ।

पछिल्लो दिनमा विशेष गरी विकास निर्माण तथा भौतिक पूर्वाधारको क्षेत्रमासमेत त्यस्तै देखिएको छ । राजनीतिक आडमा काम नै नगर्ने प्रवृत्ति मौलाएको छ । अमूक पार्टीको आडमा राज्यलाई ठगी गर्न ठेकेदार तथा व्यवसायी नै क्रियाशिल भएर लागेका छन् । उनीहरुले आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति पनि हावी छ । चालु आर्थिक वर्षका विकास बजेट खर्च नहुनेको पछाडि सरकारी संयन्त्र त दोषी छँदैछ, त्यो भन्दा बढी दोषी ठेकेदार तथा नीजि क्षेत्र देखिएको छ । निर्माण व्यवसायीले कुनै पनि काम समयमा पूरा गरेका छैनन । काठमाडौँ उपत्यकाको विकास निर्माणका काम होस वा उपत्यका बाहिरका नै उनीहरु सरकारी निकायले यस्तो सुविधा दिएन, वातावरण बनाइदिएन तथा कुनै पनि नियमति सहयोग गरेन भन्दै आफू पानीमाथिको ओभानो बन्ने र अरुलाई दोष देखाएर उम्कने गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया