नेपालमा सी जिन पिङले किन दिए हड्डी भाँच्ने चेतावनी ?

४ बर्ष अगाडि

चीनको सरकारी टेलिभिजन सीसीटीभीले राष्ट्रपति सी जिन पिङले स्वतन्त्रताको पक्षमा वकालत गर्नेको हड्डी भाँच्ने चेतावनी दिएको बताएको छ । उनले नेपाल भ्रमणको क्रममा नेपाली नेताहरुसँगको कुराकानीको क्रममा उनले स्वतन्त्रताको पक्षमा वकालत गर्नेको हड्डी भाँच्ने चेतावनी दिएका हुन् । 

उनले भनेका छन्, ‘यदि कसैले चीनभित्रका मुलुकहरुको कुनै पनि हिस्सा टुक्र्याउँने कोसिस मात्रै कसैले गरे वा टुक्र्याउँने मुद्दा ल्याएमा त्यसको हड्डी भाँचिनेछ ।’

चीनका राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा तिब्बतीहरुको केही समूहले गरेको विरोध प्रदर्शनलाई लक्षित गरी उक्त भनाई व्यक्त गरेको कतिपयको बुझाइ छ ।
तिब्बती प्रदर्शनकारीमाथि नेपाल सरकारले कडा कारबाही पनि गरेको थियो । यस्तै, हङकङमा चार महिनादेखि जारी विरोश प्रदर्शनलाई पनि लक्षित गरिएको हुनसक्ने कतिपयको बुझाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया