अब काठमाडौंका सडकमा विद्युतीय ट्याक्सी

४ बर्ष अगाडि

काठमाडौं – काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय बस सेवा शुरू गरेको सुन्दर यातायात प्रालिले अब विद्युतीय ट्याक्सी सञ्चालन गर्ने तयारी गरेको छ ।

कम्पनीले तिहारलगत्तै काठमाडौंका सडकमा १५ विद्युतीय ट्याक्सी गडाउने बताएको छ। भदौ चौथो सातादेखि चारओटा विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन गरिरहेको सुन्दर यातायातले चिनियाँ कम्पनी बीएकेकै ट्याक्सी खरीद गर्ने बताएको छ। हाल सञ्चालनमा रहेका विद्युतीय बस पनि सोही चिनियाँ कम्पनीले निर्माण गरेको हो।

तिहार अगाडि खरीद सम्झौता हुने र तिहारलगत्तै काठमाडौंमा ट्याक्सी सञ्चालन हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘खरीद सम्झौता गर्न कम्पनीले बोलाइसकेको छ,’ उनले भने, ‘तिहारअघि सम्झौता गरी तिहारलगत्तै ट्याक्सी सञ्चालन गर्ने हाम्रो योजना छ।’

कम्पनीका अनुसार सवारी चालक अनुमति पत्र ९लाइसेन्स० भएका जुनसुकै नेपाली चालकले केही प्रतिशत शेयर ट्याक्सीमा लगानी गरी चलाउन सक्नेछन् । सुन्दरले सञ्चालन गरेका बसमा अन्य सार्वजनिक बसभन्दा २० प्रतिशत सस्तोमा सेवा दिइरहेकोमा ट्याक्सीमा अन्यभन्दा ३० प्रतिशतसम्म सस्तोमा यात्रा गर्न सकिने अध्यक्ष थापाले बताए ।  

आर्थिक अभियान दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया