नेकपा चियापान कार्यक्रम: १ लाखलाई निम्ता

४ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  चियापान कार्यक्रममा सहभागी हुन एक लाख जनालाई निम्ता गरेको छ ।

नेकपाले असोज २९ गते भृकुटीमण्डपमा चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमका लागी नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ ।

चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया