भारतमा बच्चा चोर्न खोजेको भन्दै ५ जनाको कुटीकुटी हत्या

५ बर्ष अगाडि

मुम्बई, १७ असार–भारतको महाराष्ट्रस्थित  धुले जिल्लामा बच्चा चोर्न खोजिएको भन्दै स्थानीय आक्रमणमा उत्रिएका छन्  । 
 बच्चा चोरीको आशंकामा आक्रमणमा उत्रिएका स्थानीयले ५ जनाको कुटीकुटी हत्या गरेका छन् ।  स्थानीय प्रहरीका अनुसार मारिने युवाहरु आइतबार  दिउँसो मात्रै बसमार्फत पुगेका  थिए ।  यो इलाकामा  उनीहरु नयाँ रहेको र यो इलाकाका बारेमा उनीहरुले एक बच्चासँग  जानकारी दिइरहेका थिए । त्यसैबेला स्थानीयले उनीहरु बच्चा चोर भएको आशंका गर्दै हमला सुरु गरेका थिए । 
पछिल्लो दिनमा सो इलाकाामा बच्चा चोरको बिगबिगी रहेको अफबाह फैलिरहेको अवस्थामा यस्तो घटना हुन पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
प्रहरीले मृतकको सनाखत गर्ने कार्य भइरहनुका साथै घटनामा संलग्न रहेको आशकामा १० स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया