गोल किपर नायक बन्दा स्पेन विश्वकपबाट बाहिरियो

५ बर्ष अगाडि

काठमाडौं– विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि  पेनाल्टी सुटआउटमा पुगेको खेलमा  स्पेन रसियासँग ४–३ ले पराजित भएको हो ।  
जितसँगै आयोजक रसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पूर्वविजेतासमेत रहेको स्पेन नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ । 
मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार राती सम्पन्न  खेलको पहिलो पेनाल्टी स्पेनका खेलाडी आन्द्रेस इनिस्टाले हान्दै  गोल गरे । त्यसपछि रसियाका फायोडोर स्मोलोभले पनि गोल गरे ।  त्यसपछि स्पेनाका गेरार्ड पिकेले  गोल गर्दा रसियाका सेरागीले पनि जारी चुमाउन पुगे । 
त्यसपछि भने स्पेनका कोकीले पेनाल्टी मिस गर्दा रसिया ३–२ को अवस्थामा पुग्यो ।  कोकी पछि रसियाका एलेक्सेन्डरले गोल गरे । 
त्यसपछि पेनाल्टी प्रहार गर्न आएका स्पेनका सर्जियो रामोसले बललाई जाली चुमाउँदा रसियन खेलाडी डेनिसले पनि बललाई गोलको दिसा दिए । 
तर, स्पेनका लागो आस्पासले पेनाल्टी मिस गरेसँगै रसिया ४–३ ले विजयी बन्न पुग्यो । 

निकै रोमाञ्चक बनेको  ९० मिनेट र त्यसपछिको अतिरिक्त समयको खेलमा रसियाले आत्मघाती गोल खाएको थियो भने  पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरी गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया