विवाहपछि पनि अभिनेत्रीसँग सम्बन्ध राखेका बलिउडका चर्चित अभिनेताहरु

४ बर्ष अगाडि

एजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ । 

 तर आजभोलि विवाह बन्धनमा बाँधिइसकेका कयन् जोडीहरु एक अर्काप्रतिको अविश्वास, असन्तुष्टि र वेमेल विचारका कारण विवाहेत्तर सम्बन्धमा रहने गरेका पाइन्छन् । 

 त्यस्तै बलिउडमा पनि केही यस्ता जोडी निकै चर्चित छन् जसले विवाहपछि आफ्नी श्रीमतीभन्दा अर्की युवती अर्थात बलिउडकै अभिनेत्रीसँग सम्बन्ध स्थापित गरे । जुन सम्बन्धले बलिउडमा निकै चर्चा कमाए । 

बलिउडका केही यस्ता स्टार जसले विहे भइसकेपछि पनि अर्की अभिनेत्रीको लागि आफ्नी पत्नीलाई धोका दिएका थिए । तर यसको बावजुद पनि तीनका श्रीमतीले तिनीहरुलाई स्वीकारेका थिए । 

आज हामीले बलिउडका केही चर्चित विवाहेत्तर सम्बन्धलाई यहाँ उल्लेख गरेका छौँ । 


अमिताभ बच्चन र रेखा 

अमिताभ र रेखाको प्रेम सम्बन्धकोबारे सबैलाईृ थाहा भएकै कुरा हो । आज पनि उनीहरुको प्रेमलाई लिएर बलिउडमा निकै किस्सा सुन्ने गरिन्छ भने उनीहरुको  नजरमा  एकअर्को लागि प्रेम सजिलै देख्न सकिन्छ । 

 अमिताभ र जयालाई बलिउडको चर्चित जोडीको रुपमा लिइन्छ । विवाह पश्चात पनि अमिताभले रेखालाई भुल्न सकेनन् । रेखा र अमिताभको प्रेम सम्बधको चर्चाले जया माथि ठुलो बज्रपात परेको थियो जसका कारण उनले अमिताभसँग सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेकी थिइन ।

जबकि जयासँग छुट्टिने डरले अमिताभले रेखासँग आफ्नो प्रेम सम्बन्ध तोडे । जसले गर्दा उनीहरुको विवाह बच्न सफल भयो । 

शाहरुख खान र प्रियंका चोपडा 

शाहरुख खानले गौरी खानलाई पाउनको लागि धेरै ‘पापड’ बेलेका थिए । धेरै संर्घषपछि उनको प्रेम विवाहमा परिणत भयो । गौरी र शाहरुख खानको विवाह प्रेम सम्बन्धको बारेमा थाहा छ तर कम मानिसलाई मात्रै थाहा छ कि शाहरुख खान र गौरी खानको सम्बन्धमा एक चोटि मनमुटाव  भएको थियो । यद्यपि ‘डन’ फिल्मको सुटिङ क्रममा शाहरूख खान र प्रियंका चोपडा  एक अर्काको नजिक हुन थालेका थिए ।

खबर यो पनि थियो कि उनीहरु बिच प्रेम पनि थियो । जब यो कुरा गौरी खानले थाहा पाइन् तब उनले शाहरुख खानलाई  ‘डिर्भोस’ दिने धम्की दिइन् यस पछि शाहरुख खानले प्रियंकासँग दुरी बढाए । अहिले उनी आफ्नो श्रीमती र बच्चाहरुसँग खुसी साथ जिन्दगी बिताइ रहेका छन् । 

 अक्षय कुमार र प्रियंका चोपडा 

जुन समयमा प्रियंका आफ्नो करियर सुरु गर्दै थिइन तब उनको नाम धेरै बलिउडका स्टारहरुसँग जोडिएर आउने गथ्र्यो । मिडियामा यो हल्ला थियो कि अक्षय कुमार र  प्रियंका चोपडा बिच प्रेम सम्बन्ध छ । उनीहरु एकअर्कासँग धेरै नजिक भएका थिए । 

 जब यो कुरा अक्षयकी  श्रीमती ट्वीङ्कल खन्नालाई थाहा भयो  तब  उनले अक्षयलाई  प्रियंकासँग कुनै पनि फिल्म खेल्न  दिइनन् । त्यस पछि अक्षय कुमार प्रियंकासँग देखा परेनन् ।

अजय देवगन र कंगना रनौत

यी दूई चर्चित कलाकारबिच को प्रेमसम्बन्ध आगो जस्तै जताततै फैलिएको थियो । जब अजय र कंगना एउटै फिल्ममा देखिने भएका थिए तब उनीहरु बिचको प्रेमसम्बन्ध बाहिर आयो । अजयको श्रीमती काजोलले  यो कुरा थाहा पाउने बित्तिकै उनले अजयलाईृ कंगनासँग काम गर्न रोकिन  । त्यसपछि यी दुई कलाकार  कहिल्यै एक साथ काम गरेनन् ।   

गोविन्दा र रानी मुखर्जी

गोविन्दा र रानी मुखर्जीको जोड़ीलाई त्यस बेला धेरै मानिसले मन पराउने गरेको पाइन्थ्यो । उनीहरुको धेरै फिल्म सुपरहिट भएका छन् । दुबै सँग–सँगै काम गर्दा गर्दा एक अर्कालाई मन पराउन थालेका थिए ।

तर उनीहरुको प्रेम भेरै दिन सम्म टिकेन केहि दिन पछि नै गोबिन्दालाई  गल्तीको बोध भयो र उनले आफ्नी श्रीमती सुनीतासँग माफि मागे । तब देखि उनीहरु खुसीसाथ आफ्नो जिन्दगी बिताइ रहेका छन् । 

 ऋतिक रोशन र कंगना रनौत

ऋतिक रोशनले सुजैन खानसँग विवाह त गरे तर उनलाई धोका पनि दिए । ऋतिकको  प्रेम सम्बन्धको चर्चा करीना कपूर, प्रियंका चोपड़ा र बारबरा मोरीसँग पनि थियो । तर सबै भन्दा बढी कंगनासँग उनको नाम जोडिएको खबरले  फिल्मी जगतमा तहल्का मच्चाएको थियो ।

यिनीहरुको ‘रोमान्टिक’ तस्वीरको बिवादले सबैलाई  हैरान बनाएको थियो । यो मात्र नभएर उनीहरु एक अर्कालाई बिभिन्न आरोप लगाउदै दुबैले मुद्दा पनि हाले । तर पनि ऋतिक र सुजैन आफ्नो बच्चाहरुसँग धेरै पार्टीमासँगै उपस्थित हुन्छन् र क्रृतिक  यो पनि भन्छन् कि उनी आफ्नो श्रिमतीसँग नजिक बच्चाहरुको कारणले छन् तर आज पनि उनी  सुजैनलाई धेरै माया गर्छन्

 

४ बर्ष अगाडि

प्रतिक्रिया