सुखलाई लत्याउ र दुःखलाई अँगाल, भाग्य तिम्रो चरणमा हुन्छ : कादर खानको अन्तर्वार्ता (भाग–२)

६ बर्ष अगाडि

मनमोहन देसाईको सिनेमाहरूलाई लिएर ‘इनच्यान्टमेन्ट अफ द माइन्ड– मनमोहन देसाइज् फिल्म्स’ (सन् २००६) लेखिसकेकी कोनी हामले पेरिस र ट्याक्ससमा अङ्ग्रेजी साहित्य अध्यापनको काम गरिन् । बलिउडमा शोधार्थीका रूपमा उनले कयौँ महत्वपूर्ण काम गरिसकेकी छन् । उनको पछिल्लो पुस्तक सन् १०१६ मा ‘सो मी योर वड्र्स– द पावर अफ ल्याङ्वेज इन बलिउड’ प्रकाशित भइसकेको छ । उनै कोनी हामले फरवरी २००७ मा अभिनेता कादर खानसँग एउटा लामो अन्तरवार्ता गरेकी थिइन् । भारतीय मूलधारको सिनेमामा कादर खान चिनाइ राख्नुपर्ने नाम होइन । सन् १९७० को दशकमा उनले बलिउडमा आफ्नो यात्रा सुरु गरे । त्यसयता झण्डै तीन सयभन्दा बढी सिनेमामा काम गरेको अनुभव सँगालेका खान बलिउडभित्र अध्ययनशील व्यक्तिमध्ये गनिन्छन् । यो अन्तर्वार्ता नरेश ज्ञवालीले कबाडखाना डटकमबाट अनुवाद गरेका छन् । 


कोनी हाम– भनेपछि त्यो कुन समय हो जब तपाईंले अध्यापन, लेखन र अभिनयबाट एकैचोटि सिनेमामा हाम फाल्नुभयो ?

कादर खान– सिनेमा उद्योगका मान्छेहरू नियमित रूपमा थिएटर आउने गर्थे । उनीहरूले मेरो नाम सुने । मलाई थिएटरको स्टेजमा देखे । उनीहरूले मेरो अभिनयकला र निर्देशन पनि नियाले । त्यसपछि उनीहरूले के भन्न थालिसकेका थिए भने– ‘यो स्वाँठ सिनेमा उद्योगमा किन आउँदैन ? यसमा यति धेरै प्रतिभा छ कि ऊ सिनेमा उद्योगमै हुनुपर्छ ।’ 

जब मलाई ‘लोकल ट्रेन’का लागि अवार्ड दिइयो, त्यसको अर्को दिन एउटा निर्माता, केही निर्देशक र लेखक मलाई भेट्न आए र भने– ‘तपाईं सिनेमामा किन नआएको ?’ मेरा लागि यो एउटा उडन्ते कुरा जस्तो थियो । उनीहरू थप्दै थिए– ‘तपाईं बलिउडको लेखक र अभिनेता हुनुपर्ने । तपाईं जे पनि गर्न सक्नुहुन्छ, किनभने तपाईंले सबै कुरा भोग्नुभएको छ ।’ मैले सिनेमामा जानेबारे कहिल्यै पनि सोचेको थिइनँ । त्यतिबेला सिनेमालाई हेर्ने सामाजिक दृष्टिकोण राम्रो थिएन । निर्माता रमेश बहल ‘जवानी दिवानी’ (१९७२) भन्ने सिनेमा बनाउने सोचिरहेका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया