पेनाल्टी सुटआउटमा  क्रोएसिया विश्वकपको क्वाटर फाइनलमा

५ बर्ष अगाडि

काठमाडौं, १८ असार– पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो । 
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 
यसअघि डेनमार्कका माथियसले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, क्रोएसियाका मारियोले पनि गोल गर्दै बराबरीको अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खmे पेनाल्टी सुटमआआउट सम्म पुगेको हो । 
अब क्वाटर फाइनलमा रसियासँग क्रोएसियाको प्रतिस्पर्धा हुनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया