सर्बियामा विभिन्न देशका प्रतिनिधिलाई भ्रमण वर्ष २०२० को निम्ता

४ बर्ष अगाडि

अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४१ औँ सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामग्री हस्तान्तरण गरिएको सम्मेलनमा सहभागी सांसद इन्दुकुमारी शर्माले  जानकारी दिइन ।

आइपीयूमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल बेलग्रेडमा छ । सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यले नेपाल भ्रमणका लागि सहभागीलाई निम्ता गरे ।

प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी छन् । यसैगरी संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललगायत पनि प्रतिनिधिमण्डलमा सहभागी छन्। 

सम्मेलनमा नेपाललगायत १७१ राष्ट्रका सांसद सहभागी छन् । सम्मेलन असोज ३० गतेसम्म चल्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया