नेपालमै जागिर गरेर दैनिक ५७ हजार तलबभत्ता, ७० लाख कर तिर्छन्

४ बर्ष अगाडि

नेपालमै जागिर गर्नेले दैनिक रु ५७ हजार तलबभत्ता पाउने गरेको  तथ्य सार्वजनिक भएको छ । 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले तलबभत्ता बापत दैनिक रु ५७ हजार ९३ तलब भत्ता पाउने गरेको सार्वजनिक भएको हो । 

दाहालले  गत आर्थिक वर्षमा तलबभत्ता र सेवा सुविधा गरी बैंकबाट २ करोड ८ लाख ३९ हजार रुपैयाँ लिएका थिए । 

उक्त रकमलाई मासिक रुपमा हिसाव गर्दा  १७ लाख ३६ हजार ५ सय ८३ र दैनिक रुपमा हेर्दा ५७ हजार ९३ रुपैयाँ हुन्छ । 

आयबापत गत वर्ष राज्यलाई ३६ प्रतिशत कर तिरेका सीइओ दाहालले सरकारलाई गतवर्ष ७० लाख रुपैयाँ कर तिरेका छन । 

बैंकका अन्य कर्मचारीले पनि राम्रो तलबभत्ता पाउँछन् । माथिल्लो तहका कर्मचारीले ४/५ लाखसम्म र तल्लो तहका कर्मचारीले ३५/४० हजार रुपैयाँ पाउने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार गतवर्ष कर्मचारीहरुका लागि तलबभत्ता, बोनस र अन्य सुविधा गरी गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ९७ लाख ६७ हजार ७ सय ३५ रुपैयाँ खर्च गरेको छ ।

बैंकमा गत असार मसान्तसम्ममा ९ सय ६२ जना कर्मचारी थिए । 

गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद नाफा कमाएको सानिमाले सेयरधनीहरुलाई १० प्रतिशत वोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया