बैंक अफ काठमाण्डूकाे १७ प्रतिशत  लाभांश अनुमोदन

४ बर्ष अगाडि

बैंक अफ काठमान्डूले प्रस्ताव गरेको १७ प्रतिशत  लाभांश अनुमोदन भएको छ ।

बैंकको बिहीबार सम्पन्न साधारण सभाले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस पारित गरेको हो । 

बोनसपछि चुक्ता पुँजी वृद्धि भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि अनुमोदन भएको छ ।  

६ प्रतिशत बोनस वितरणपछि सो बैंकको पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुगेको छ। 

असार मसान्तसम्म बैंक अफ काठमान्डूले १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०४ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ ।   

 साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि पारित भएको छ । 

यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा स्वीकृत भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि बुक क्लोज गरेकोले असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाएका छन् ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया