कुल आचार्य र कुमार पन्त समर्थकबीच कुटाकुट

४ बर्ष अगाडि

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतगणनास्थल बाहिर अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्यका समर्थकबीच कुटाकुट भएको छ । अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्यका समर्थकबीच कुटाकुट भएको हो । 
अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको निहुँमा भएको विवाद कुटाकुटको अवस्थामा पुगेको थियो । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप हुन पुगेको थियो । 
झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो । 
अहिलेसम्म ११०० मत गनिएको र कुमार पन्त झिनो मतले अघि रहेको बताइएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया