सेटिङमा मिर्गाैला व्यापार

४ बर्ष अगाडि

काठमाडौं । मानव शरीरको महत्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । 

हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गाैला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ ।  यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने गरेको छ । स्रोतका अनुसार काँकडभिट्टा–पानीटंकी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली ओसारपसारका साझा बिन्दु हुन् ।

मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आए भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अंग बेचबिखनबाट पीडित हुने गरेका छन् ।बिचौलियाहरूले मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ ।तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजार रुपैयाँसम्म पाउने गरेको प्रतिवेदनले देखाउँछ । मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गए पनि तथ्यांक एकीकृत हुन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया