महानायक अमिताभ बच्चन अस्पतालमा भर्ना

४ बर्ष अगाडि

बलिउडका महानायक अमिताभ बच्चन पछिल्लो तीन दिनयता मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार दिउँसो २ बजे अस्पतालमा भर्ना भएका हुन् । जानकारी अनुसार उनलाई आइतबार डिस्चार्ज गरिनेछ । 

अमिताभ बच्चन रुटिन चेकअपका लागि अस्पताल जाँदै–आउँदै गरेका छन् । सन् २०१२ मा पनि सर्जरीका कारण १२ दिनका लागि उनी अस्पताल भर्ना भएका थिए । उनी लिभर क्यान्सरबाट ग्रसित छन् । सन् १९८२ मा फिल्म कुलीको सुटिङको क्रममा उनलाई गहिरो चोट लागेको थियो, जसको कारण उनको धेरै रगत बगेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया