एनआरएनए निर्वाचनः १५० मत गन्न बाँकी, पन्त ३५ मतले अगाडि

४ बर्ष अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त अगाडि देखिएका छन् । करिब डेढ सय मत गन्न बाँकी रहेको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले जानकारी दिएका छन् । त्यति बाँकी हुँदा पन्त करिब ३५ मतले अगाडि भएको जनाइएको छ । बुधबार राति विवादका कारण बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएकोमा मतगणना अन्तिम चरणमा पुगेको हो । 

महाधिवेशनमा अध्यक्ष पदका लागि लोकतान्त्रिक खेमाबाट बेलायतमा बस्दै आएका  कुल आचार्य र बामपन्थी खेमाबाट जर्मनीमा बस्दै आएका पन्तले उमेदवारी दिएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया