कामनपा २६ ले एक वर्षमा ६० योजना यसरी गर्यो सम्पन्न

५ बर्ष अगाडि


काठमाडौँ । काठमाडौँमहानगरपालिका वडा नं २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ ।
    
लैनचौरमाआयोजनागरिएको ‘सार्वजनिक सुनुवाइएवं ज्येष्ठ नागरिक सम्मानतथाभत्तावितरण’ कार्यक्रममा२६नम्बर वडाले आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्नभएका६० निर्माण कार्यको विवरण प्रस्तुत गरेको थियो । 
    
महानगरको प्रमुखपर्यटकीयस्थल ठमेल पनियही वडामा पर्दछ । गोँगबुसम्म फैलिएको उक्त वडालाई काठमाडौँ कै सर्वोत्कृष्ट बनाउने प्रतिबद्धता वडाध्यक्ष ख्यामराजतिवारीले जनाए ।

आफ्नो योजनाअनुसार सबै निर्माण कार्यहरु समयमै भएको तिवारीले बताए । 
बाटो निर्माण तथाव्यवस्थापन, ढल तथामंगलनिर्माण, सडक बत्ती जडान, ढुंगेधारा रइनार निर्माण तथामर्मत, रानीबारी प्रहरी बिट पुनःनिर्माण, वडा कार्यालय भवन कोठा निर्माण आदि जस्ता कामहरु सम्पन्नभइसकेकाछन् । 
वडाध्यक्ष तिवारीले मन्तव्य राख्दै भने ‘कुन स्थानमा के कुराको आवश्यकता छ, त्यसको बारेमा वडा कार्यालयमानिवेदनदिनुहोस, हामी समस्या समाधानगर्न तयार छौँ ।’
    
वडाले आगामीआर्थिक वर्षका लागिपनिनिर्माण योजनाबनाइसकेको छ ।
आगामीवर्षका लागि ३० वटा आयोजनाको प्रस्तावल्याइएकोे छ । जस अन्तर्गत ठमेल प्रवेशद्वार निर्माण, पुरानो वडा कार्यालय भवनमर्मत, बाटो मर्मत, सार्वजनिकशौचालयनिर्माणजस्ता योजना छन् । 
वडाभित्र थप सार्वजनिक स्थलकोस्थापनागर्ने योजनापनि रहेको तिवारीले बताए ।
    
उक्त वडामा ८५३ ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् । जसमध्ये कार्यक्रममा ८० वर्ष पूरा गरेका ४२ पुरुष र ७५ वर्ष पूरा गरेका ११२ महिलालाई जनही रु १२हजार नगदसहित दोसल्लाले सम्मानगरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया