रिडी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, यस्तो छ तयारी

५ बर्ष अगाडि

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चुक्ता पुँजीको शतप्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले निकट भविष्यमा निमार्ण गर्न लागेको ८.५ मेगावट क्षमताको बुटवल सोलार ओयोजनाको लागि सो मात्राको सेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी रु ५० करोड १० लाख ५५ हजार रहेको छ । १०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी रु एक अर्ब नाघ्ने छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

बैठकको उक्त प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणभाले अनुमोदन गरेपछि मात्र सेयर जारी गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया