जनता साढे तीन घण्टा कुरेपछि बल्ल आयो नेपाल एयरलाइन्सको विमान

४ बर्ष अगाडि

नेपाल वायुसेवा निगमको काठमाडौं धागढी उडान साढे तीन घण्टा ढिलो गरेको छ । 

विहान ११ बजेर ३५ मिनेटमा अवतरण हुनुपर्ने विमान निर्धारित समय भन्दा लगभग साढे तीन घण्टा ढिलो गरी दिउसो ३ बजेमात्रै अबतरण भएको हो । 

बिहानैदेखि विमानको प्रतिक्षा रहेका यात्रुहरु विमान को ढिलाईको कारण होहल्ला गरेका थिए । त्यसपछि विमानस्थलले साढे एक बजे नै बोर्डिङ पास वितरण गरेको थियो ।

तर बोडिङ पास  लिएको य लामो सममयसम्म पनि विमान नआउदा यात्रुहरु अन्योलमा परेका थिए ।

विमानस्थलका कर्मचारीले सुरुमा धनगडी जानुपर्ने बिमान बिराटनगर गएको कारण ढिला भएको  जानकारी दिएकाको यात्रु लोकेन्द्र भट्टले बताए । 

तर नेपाल वायुसेवा निगमले भने मौषमको खराबीको कारण ढिला भएको जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया