विश्वका १० शीर्ष ब्राण्डको सूचीमा परेन फेसबुक

४ बर्ष अगाडि

एजेन्सी – सोसल मिडिया कम्पनी फेसबुक विश्वका १० शीर्ष ब्राण्डको सूचीमा पर्न असफल भएको छ । 

डेटा लीक मामलाबाट प्रभावित फेसबुक पहिलोपटक शीर्ष १० को सूचीबाट बाहिरेको हो ।

बुहराष्ट्रिय ब्राण्ड परामर्शदाता संस्था इन्टरब्राण्ड्जले सार्वजनिक गरेको शीर्ष सय ब्राण्डसम्बन्धी एक प्रतिवेदनअनुसार फेसबुक उक्त सूचीको १४औं स्थानमा परेको छ ।

उक्त सूचीमा पहिलो स्थानमा एप्पल रहेको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः गुगल र अमेजन रहेका छन् भने माइक्रोसफ्ट, कोका–कोला र सामसङ क्रमशः चौँथो, पाँचौं र छैठौं स्थानमा परेका छन् ।

यसैगरी यो सूचीमा सातौं देखि दशौँ स्थानसम्म क्रमशः जापानी अटो निर्माता कम्पनी टोयोटा, जर्मन अटो निर्माता कम्पनी मर्सिडिज, अमेरिकी फाष्ट पूmड कम्पनी म्याकडोनल्ड र अमेरिकी मिडिया तथा मनोरञ्जन कम्पनी डिज्नी परेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया