नियमित यौनिमा वीर्य झार्दा मोटाउन्छन त महिला ?

५ बर्ष अगाडि


काठमाडौँ । वीर्य बाहिर निस्कने कुरा यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ । वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ ।

यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ । वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्  ।

परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ, तर यो विरलै मात्र हुन्छ । सामान्यतस् व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर । सन् १९६० तिर यस्ता गर्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्ट्रोजनको मात्रा बढी हुन्थ्यो ।

त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको बजन बढेजस्तो देखिन्थ्यो । अहिले पाईने गर्भनिरोधका चक्कीमा इस्ट्रोजनको मात्रा साह्रै कम हुने भएकाले त्यस्तो प्रभाव कम वा विरलै मात्र देखिन्छ । अब परिवार नियोजन गर्दा वीर्य बाहिर झर्नेरनझर्ने सन्दर्भमा कुरा गरौं । गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।

वीर्य बाहिर ननिस्किए मोटाइन्छ रु वीर्यमा भएका शुक्रकीटमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वीर्य निर्माणमा धेरै रगत चाहिने भएकाले वीर्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ । वीर्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौं ।

एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली ९५ मिली भन्नाले (चियाचम्चा जति) वीर्य निस्कन्छ । मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश ९४६ देखि ८० प्रतिशत हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा ९१३ देखि ३३ प्रतिशत० हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ । एक चियाचम्चा वीर्यमा यस्तै ५ देखि ७ क्यालोरी हुन्छ । तुलनाका लागि एक चियाचम्चा घ्यूमा १ सय १२ क्यालोरी हुन्छ । त्यसैले निलिएको अवस्थामा पनि यो पोषणका दृष्टिले महत्वपूर्ण हुँदैन ।फेरि यो कुरा योनिमा वीर्य स्खलन भएको स्थितिमा पाइने होइन । वीर्य योनिबाट ननिस्किएको कारणले मोटाइने होइन ।
–एजेन्सीको सहयोगमा

५ बर्ष अगाडि

प्रतिक्रिया