मध्य भोटेकोशीले एक अर्ब ४४ करोडको आइपिओ बिक्री गर्ने

५ बर्ष अगाडि

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेको  मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्राथमिक शेयर(आइपिओ) बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आज बोर्डमा आवेदन दिएको हो ।

पहिलो चरणमा कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता शेयर बिक्री गर्नेछ ।

पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर होल्ड गर्ने कम्पनीका कर्मचारीकालागि शेयर निष्कासन गरिनेछ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका  संचयकर्ताहरुका लागि रु एक अर्ब १७ करोड बराबरको १ करोड १७  लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि रु २१ करोड बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि रु  ६ करोड बराबरको ६ लाख कित्ता शेयर बिक्री गरिनेछ ।

 शेयर बिक्रीका लागि प्रभु क्यापिटल,सिभिल क्यापिटल,एस क्यापिटल,सिबिआईएल क्यापिटल,सानिमा क्यापिटल र लक्ष्मी क्यापिटललाई संयुक्त रुपमा बिक्री प्रवन्धक नियुक्त गरिएको छ ।

कूल १०२  मेगावाट क्षमताको सो आयोजनाको लागत रु १२ अर्ब २८ करोड रहेको छ ।

आयोजना  सन् २०१९ को जुनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया