सेयर  बजारमा ३६.०१ अंकको उछाल

५ बर्ष अगाडि

सेयर बजारमा लामो समयपछि  उत्साह देखिएको छ । साताको अन्तिम कारोबार दिन (बिहिबार) सेयर बजारमा ३६.०१ अंकको उछाल आएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार पनि दोब्बर बढेको छ । आज ४६ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १६८ कम्पनी सामेल थिए । साउन देखिनै अनलाइन ट्रेडिङ शुरु गर्ने बुधबार नेप्सेले जानकारी गराएसँगै बजारमा एकाएक बिहिबार उत्साह देखिएको छ । यता मौद्रिक नीति मार्फत पनि सेयर बजारलाई बिशेष सम्बोधन गर्ने खबर सार्वजनिक भएसँगै बजार बढ्न थप मदत पुगेको हो । 
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समुह बढेको छ । सबैभन्दा बढी बिमा समुहमा ३२२.४३ अंकको उछाल आएको छ । उत्पादन तथा प्रशोधन भने ३७.३४ अंकले घटेको छ । माइक्रोफाइनान्सको ५.९ अंकले बढोत्तरी भएको छ । होटल समुह ५८. अंकले बढेको हो । बजार बढ्दा सबैभन्दा बढी नेशनल लाइफ इन्सुरेन्सको सेयर कारोबार भएको छ । यो कम्पनीको ३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया