नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड, सामसुङले हालै नयाँ डिजाइनको ग्यालेक्सी ए ३० एस सार्वजनिक गरेको छ ।
उक्त फोनमा ट्रिपल रियल क्यामरा– मेगापिक्सलको मुख्य पाँच,आठ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेको कम्पनीले जनाएको छ । यसमा चार हजार एमएएचको शक्तिशाली ब्याट्री तथा १५ वाटको फास्ट चार्जिङ प्रविधि रहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ,जसले गेमिङ,भिडियो हेर्न,मल्टि –टास्किङ तथा ब्राउजिङका लागी सर्वोत्तमएवं रोचक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
फोनमा अन स्क्रिन फिंगर प्रिन्ट स्क्यानर तथा चार जिबीर १२८ जिबी मेमोरी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया