किन दिन्छन् सिमेण्ट उद्योगले चाँदी ?

४ बर्ष अगाडि

नेपालका सिमेण्ट उद्योगहरुले चाँदीको सिक्का उपहार दिने योजना ल्याएका छन् ।

उद्योगहरुले विक्रि प्रवद्र्धनका लागि चाँदीको सिक्का उपहार दिने योजना ल्याएका हुन् ।

निर्माणको ‘सिजन’ सँगै सिमेण्ट उद्योगहरुले ग्राहक आकर्षित गर्न चाँदीको सिक्का दिने योजनामा प्रतिस्पर्धा गरेको देखिन्छ ।

शुरुमा शिवम् सिमेण्टले कात्तिक १ गतेदेखि चाँदीको सिक्का उपहार ल्याउने भएपछि मारुती र अर्घाखाँची सिमेण्टले पनि यो योजना ल्याएका छन् ।

शिवम्ले २५ बोरा सिमेण्ट खरिदमा १० ग्राम चाँदीको सिक्का उपहार दिने योजना ल्याएको थियो ।

त्यस्तै ५० बोरामा २२ ग्राम र १०० बोरामा ५० ग्राम चाँदिको सिक्का दिने योजना शिवम्को छ ।

त्यसलगत्तै कात्तिक ३ देखि मारुतीले ‘चाँदीको झिलिमिली’ योजना भन्दै २१ बोरा खरिदमा १० ग्राम चाँदीको सिक्का दिने योजना ल्यायो ।

अर्घाखाँची समेण्टले पनि सोही दिन नै २० बोरा सिमेन्टको खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का दिने योजना ल्यायो ।

मारुतीको योजना कात्तिक १६ गतेसम्मका लागि अर्घाखाँचीको कात्तिक ९ गतेसम्मका लागि योजना कायम रहने बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया