एप्पलको नाफा ९ महीनामा ५५ अर्ब २५ करोड, आइफोनकाे नाफा घट्याे

४ बर्ष अगाडि

चर्चित अमेरिकी प्रविधि कम्पनी एप्पलको नाफा यो वर्ष घटेको छ । 

चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा गतवर्षको भन्दा ७.१८ प्रतिशतले घटेको हो ।

गत वर्ष यो अवधिमा ५९ अर्ब ५३ करोड डलर खुद नाफा कमाएको एप्पलले यो वर्षको नौ महिनामा ५५ अर्ब २५ करोड डलर  खुद नाफा आर्जन गरेको जनाएको छ । 

समग्रमा नाफा घटेपनि एप्पलको आइफोन बाहेक सबै उत्पादनमा गत वर्षको भन्दा नाफा वृद्धि भएको छ । 

कम्पनीले १५ अर्ब २६ करोड डलर आयकर समेत बुझाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया