श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ

५ बर्ष अगाडि

काठमाडौं–सरकारले मजदुरको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ हजार ४ सय ५५ रुपैयाँ अधारभूत पारिश्रमिक तथा ४ हजार ९ सय ९५ रुपैयाँ महँगी भत्ता गरी न्यूनतम पारिश्रमिक तोकेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

यसअघिको आधारभूत पारिश्रमिकमा २ हजार २५० रुपैयाँ (३६ दशमलव २६ प्रतिशत) र महँगी भत्ता १ हजार ५ सय रुपैयाँ (४२ दशमलव ९२ प्रतिशत) गरी ३ हजार ७५० रुपैयाँले बढेको छ । वृद्धि भएको न्यूनतम पारिश्रमिक देशभरका सबै क्षेत्रमा १ साउनदेखि अनिवार्य रुपमा लागू हुनेछ । तोकिएको न्युनतम पारिश्रमिक भन्दा कम पारिश्रमिकमा कसैले पनि काममा लगाउन नपाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया