एनएमबी र नेपाल बैंकको एफपिओका कारण डुब्ने भए आठ अन्डरराइट कम्पनी

५ बर्ष अगाडि

काठमाडौ । असार महिनामा दुई ठूला बैंकका एफपिओ बिक्री खुला गरिए । त्यसमा नीजि क्षेत्रका एनएमबी बैंक र सरकारी लगानी समेत रहेको नेपाल बैंकले एफपिओ बिक्रीका लागि लगानीकर्तालाई आग्रह गरे ।

नेपाल बैंकले सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने असार २५ गतेसम्म आइपुग्दा कूल मागको ३० प्रतिशत पनि एफपिओ बिक्री भएको छैन ।

 यही  बिक्रिलाई आधार मान्ने हो भने बैंकको सम्पूर्ण शेयर विक्रि हुने सम्भावना असाध्यै न्युन देखिएको छ ।

बैंकले असार १५ गतेदेखि रु ४ अर्ब ९५ करोड १७ लाख बराबरको १ करोड ७६ लाख ४ हजार ८ सय ५ कित्ता एफपीओ बिक्री सुरु गरेको हो ।

बैंकको एफपीओमा आवेदनकर्ताको आकर्षण नदेखिएपछि ८ वटा क्यापिटलहरुले अण्डरराइटिङका लागि बैंकसँग सहमत भएको चर्चा पनि सहतमा आएका छन् ।

रु १ अर्ब १५ करोडदेखि २३ करोडसम्मको रकम अण्डरराइटि गर्नका लागि ८ वटा क्यापिटलले निवेदन दिएका छन् ।

निवेदन दिनेमा सीबीआइएल क्यापिटलले ४१ लाख २० हजार ९ सय ३२ कित्ताका लागि रु १ अर्ब १५ करोड ३० लाखको शेयर खरिद गर्ने प्रस्ताव नेपाल बैंकमा पेश गरेको छ ।

त्यस्तैगरि, ग्लोबल आइएमइ क्यापिटलले ४० लाख ५० हजार २ सय ७७ कित्ताका लागि रु १ अर्ब १३ करोड ४० लाखको  आवेदन दिएको छ ।

त्यस्तै, एनआएबीएल एस क्यापिटलले रु ८९ करोड ९० लाख, सिभिल क्यापिटल मार्केटले रु ४५ करोड, सनराइज क्यापिटल रु ३६ करोड, लक्ष्मी क्यापिटलले रु ४५ करोडको शेयर अण्डरराइट गर्नका लागि निवेदन दिएको छ ।

त्यस्तैगरि, सानिमा क्यापिटलले रु २७ करोड र नेपाल एसबीआइ मर्चेन्टले रु २३ करोड बराबरको शेयर खरिद गर्न निवेदन दिएका छन् ।

सर्वसाधारणले खरिद नगरेको शेयरको मात्र धेरै हुने पक्का भएको छ । तर, अण्डरराटिङ बैंकसँग सहमत भइसकेको ८ वटा क्यापिटलले भने अब के गर्लान भन्ने जिज्ञासा बजारमा बढ्दै गएको छ ।

क्याटिलले नेपाल बैंकको एफपीओ अण्डरराइट गर्ने हो भने क्यापिटलमा सर्वसाधारणको रकम समेत डुब्ने खतरा बढेको छ । क्यापिटलको पुँजीभन्दा कयौं गुणा बढी रकम लगानी गरेपछि क्यापिटलहरु संकटमा पर्ने सम्भावना बढेर गएका हो ।

यसमा धितोपत्र बोर्डले निर्धारण गरेको एफपीओको मुल्य बढी दोषी देखिन्छ एक मर्चेन्ट बैंकरले गुनासो गरे ।

बोर्डले निर्धारण गरेको एफपीओको मुल्य बढिरहेको शेयर बजारमा मात्र फिट हुने ती बैंकरको भनाइ रहेको छ । अन्डर राइटलाई नै डुबाउने गरी एफपिओको बिक्री भइरहेको बेला नियमक निकाय भने कानमा तेल हालेर सुतेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया