कसरी लाग्यो त्रिशूली जलविद्युत् केन्द्रमा आगो, २८ मेगावाट विद्युत् प्रणाली बाहिर

५ बर्ष अगाडि

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा कूल २८ मेगावाट विद्युत् प्रणालीबाट बाहिर गएको छ । 
 विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा मंगलबार दिउसो करिब साढे एक बजे आगलागी भएको हो । 
 सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको प्रयासबाट  करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो । 
आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्रबाट करिब २८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।  
‘तर, यसबाट नुवाकोटका केही स्थानबाहेक मुलुकभरको समग्र विद्युत आपूर्तिमा कुनै असर परेको छैन । 
आगलागीबाट भएको क्षतिको यकिन र मर्मतसंभार तत्काल सुरु गर्न प्राविधिक टोली परिचालन गरिसकेको प्राधिकरणले जनाएको छ । 
उनले आगलागीको कारण प्राविधिक टोलीको अध्ययनपछि मात्रै यकिन हुने बताए । 
प्राधिकरणले विद्युत गृहमा आगलागीपछि विद्युत आपूर्ति बन्द भएका नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी आज  १२बजेसम्म विद्युत आपूर्ति गरिने भएको छ । 
त्यसका लागि ६६÷११ केभीको ट्रान्सफर्मर राखी विद्युत आपूर्ति सुचारु गर्न लागिएको हो । 
नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युत् आपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा बन्द छन् । ६ वटा फिडर मात्रै सञ्चालनमा छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया