मौद्रिक नीति,  वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स

५ बर्ष अगाडि

काठमाडौँ । शेयर बजारमा लगानी गर्नेहरुलाई खुसीको खबर छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतमिा शेयर कारोबार गर्नेलाई सहज बनाउँदै ब्रोक्रर लाइसेन्स खुल्ला गरेको हो । 

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिने बताएका हुन् ।  
उनले  वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताए ।
राष्ट्रिय अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने, बजेटसँग तारतम्य मिल्नेगरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर डा नेपालले बताए । 

विगत दुई बर्षयता मुद्रा स्फिर्तिदर नियन्त्रणमा राखेको, बैंक तथा वित्तीय संस्थाको कूल शाखा संख्या ६ हजार ४१८ पुगेको समेत उनले बताएका छन् ।
 ब्याजदर स्थायित्वमा केन्द्रित हुने, ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, ६.८ प्रतिशतमा मुद्रास्फिीत सिमित राख्ने, अनिवार्य नगद मौज्जाद अनुपात सबै वित्तीय संस्थाको ४ प्रतिशत कायम गर्ने विषय नीतिमा समेटिएको छ । 

सिआरआर ४ प्रतिशतमा झारेपछि यसबाट थप रु ४८ अर्ब तरलता थपिने भारतीय मुद्रामा समेत बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाउने, पुर्नकर्जा कोषको सीमा ३५ अर्ब पुरयाउने लगायतका विषय मौद्रिक नीतिमा समेटिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया