६० दिनसम्म महशुल नतिरे लाइट चट्, तीन महिनामा २ करोड २० लाख बक्यौता असुल

४ बर्ष अगाडि

समयमा महशुल नतिर्ने उपभोक्ताको लाइन काटेर नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले  तीन महिनामा २ करोड २० लाख बक्यौता अशुल गरेको छ । 

महशुल नतिरेको ६० दिन पुग्नेवित्तिकै लाइन काट्ने अभियान चलाएको वितरण केन्द्रले २ सय ८६ जनाको लाइन काटेर सो बक्यौता असुल गरेको हो । 

महसुल नतिरेर अटेरी गर्नेमध्ये साउनमा १८, भदौमा ११२, असोजमा १०३ र कार्तिक १९ गतेसम्म ५३  ग्राहकको लाइन काटेको केन्द्रका सूचना अधिकारी भरत केसीले बताए । 

केसीका अनुसार वितरण केन्द्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै गत आर्थिक वर्षको १२ महिना बराबरको बक्यौता सुल गरिसकेको छ । 

चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरेको केन्द्रले यो आर्थिक वर्षमा विद्युत चुहावट ७.३७ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्षसम्म विराटनगरमा विद्युत चुहावट ९.६८ प्रतिशत रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया