क्यामराको लेन्स मर्मत अब नेपालमैं

४ बर्ष अगाडि

प्राईम्याक्स सर्भिस सेन्टरले क्याननका लेन्सहरु मर्मत सेवा सुचारु गरेको छ  । आफ्नो सर्विस ल्याब को स्तर उन्नती गरी अब नेपालमानै विश्वस्तरिय गुणस्तर र उच्चस्तरिय प्रबिधीका साथ क्याननका लेन्सहरु मर्मत सेवा सुचारु गरेको प्राईम्याक्स सर्भिस सेन्टरले जनाएको छ । 

सो सेवा सुबिधा प्रदान गर्न आफ्ना ईन्जिनियरहरुलाई बैदेशिक प्रशिक्षण प्रदान गराई दक्ष बनाएको प्राईम्याक्स सर्भिस सेन्टरले जनाएको छ । प्राईम्याक्स सर्भिस सेन्टर नेपालको लागि क्याननको एक मात्र आधिकारिक सर्भिस सेन्टर हो । 

प्राईम्याक्स सर्भिस सेन्टरमा आउने सबै क्यामरा तथा लेन्सहरु सफ्टवेर द्वारा क्यानन जापानले निरिक्षण र नियमन गरी क्यानन जापान सरह नै सेवा सुबिध समेत प्रदान गर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया