मोबाइल बैंकिङ ग्राहक संख्या ४० लाख पुग्यो

५ बर्ष अगाडि

मोबाइल मार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय मोबाइल बैंकिङ ग्राहकको संख्या बढ्दै गएको जनाएको छ । यस्तै इन्टरनेट बैंकिङको ग्राहक संख्या ७ लाख ८४ हजार पुगेको छ भने ५२ लाख ३५ हजार वटा डेविट कार्ड जारी भएको छ । यस्तै ९७ हजार वटा क्रेडिटकार्ड जारी भएको छ ।  यो राष्ट्र बैंकले बैशाखा मसान्तसम्म जारी गरेको तथ्यांकमा आधारित हो ।  एटिएम संख्या भने २ हजार ६ सय २४ वटा छ । 
यता हालसम्म बैंक तथा वित्तिय संस्थामा २ करोड २५ लाख वटा बैक खाता रहेको राष्ट्र बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया